ट्राफिक सप्ताहमा प्रभातफेरी,मेयर साङपाङ भन्छ ज्यान गुमाउने कारण सवारी दुर्घटना(भिडियाे फोटो सहित)

धरान। धरानमा आजबाट शुरु भएको ट्राफिक सप्ताहको अवसरमा नगरपरिक्रमा गर्दै प्रभातफेरी गरिएको छ । विद्यार्थी विभिन्न संघ संस्था स्काउट लगायतको उपस्थितिमा नगरपरिक्रमा भएको थियो ।

त्यसपछि सिद्धिनेवा परिषदमा पुगेर औपचारिक कार्यक्रम भएको । कार्यक्रम उद्घाटन सत्र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्ग प्रमुख आतिथ्यमा भएको थियो ।

मेयर हर्क साम्पाङ्गले मृत्युको कारण हेर्ने हो भने सवारी दुर्घटनाबाट बढी संख्यामा ज्यान गुमाइरहेको बताए । मेयरले ट्राफिक सप्ताह जीवनको सुरक्षाको महत्वको कार्यक्रम रहेको बताए । उनले दुर्घटना सम्बन्धि कारण ट्राफिकलाई बढी थाहा हुने भन्दै तर आफूले बुझेको तीन कारण रहेको बताए । जसमा प्राकृतिके कारण पहिलो रहेको बताए । बाटोघाटो खाल्डाखुल्डी हुनु,सडक साघुरो हुनु प्राविधिकले बाटो सही नबनाउनु पनि आफूले प्राकृतिक कारणमा राखिएको बताए । अर्को कारण भनेको मेशिनरी भएको बताए । मेसिन बिग्रिने ब्रेक फेल हुने जसको कारणले सवारी दुर्घटना हुने बताए । तेस्रो कारण भनेको मानवीय लापरवाही रहेको बताए । मानवीय लापरवाही सबैभन्दा बढी दुर्घटनाको कारण रहेको बताए । मादक पदार्थ सेवन मापसे लागूपदार्थ सेवन लापसे गरेर सवारी चलाउने गरेको कारण बढी दुर्घटना भएको बताए। त्यसैले यस्ता कुरा भनिरहनु नपर्ने भए पनि बढी दुर्घटना भइरहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित