श्रमदान शुरू भएको दोस्रो वार्षिक उत्सव मनायो

धरान। हर्क साम्पाङ्ग स्थानीय चुनावबाट मेयर भएपछि शुरू गरिएको श्रमदान दोस्रो वर्ष पूरा भएको छ ।
२०७९ सालको स्थानीय चुनावबाट मेयर भएपछि हर्क साम्पाङ्गले चुनावी प्रतिबद्धता अनुसार धराने जनतालाई पानी खुवाउन भन्दै पकुवा खोलाबाट पानी ल्याउने अभियान शुरू गरेका थिए । २०७९ साल असार ५ गतेदेखि थालिएको दिनलाई स्मरण गर्दै दोस्रो वार्षिक उत्सव मनाएका हुन ।

दोस्रो वार्षिक उत्सवमा आज विहान पकुवा खोलाको मुहानमा मेयर हर्क साम्पाङ्ग पुगेका थिए । आफ्ना समर्थक सहित पकुवा पुगेर केक काटेका थिए । दोस्रो वार्षिक उत्सव मनाउन भन्दै श्रमदाताहरु पनि गाएका थिए ।

 

हर्क साम्पाङ्गले पकुवाबाट पानीको लागि श्रमदान अभियान थालेर वडा नम्बर ११ को वासिन्दालाई पानी दिएका थिए । पकुवा खोलाको श्रमदानको सफलतापछि सर्दु खरदु निशानेमा अर्को अभियान चलाएका थिए । मेयर साङपाङ भन्छ शुरुवात पाकुवाबाट गरिएको हो तर व्यापकता भने सर्दू खरदुबाट भएको हो ।

पकुवा हुँदै सर्दु खर्दु निशानेको सफलतापछि वडा नम्बर ४ मा रहेको मुहान भालू खोलामा अर्को अभियान चलाए । सर्दु खरदुको अभियानमा भूपू सैनिकले ठूलो सहयोग गरिएपछि २ लाख लिटर बढी क्षमताको ट्याङ्गी निर्मान भएको छ । त्यसैगरी गोरखा वेलफेयरले खर्दुमा ३ करोड बढीको लागतमा स्तर उन्नती गरिदिएको छ । भालू खोलाबाट ल्याएको पानी वडा नम्बर १५ को वासिन्दाको लागि भन्दै सेउती नजिक धन्यवाद ट्याङ्की निर्माण भएको छ ।

सर्दु खर्दु निशानेको पानी अभियानमा लाग्दा हिउँदमा कमिला कुद्ने भन्दै खिल्ली उडाएका थिए । गत साल कोखा खोलाको अभियानबाट ९८ दिनमा करिब ४५ किलोमिटरको दूरी पार गर्दै पानी ल्याएपछि भने अर्को रेकर्ड कायम भएका थिए । तर पनि आलोचक भने चुप लाग्न सकेको छैन । कोखा खोलाबाट पानी ल्याएपछि अहिले दैनिक पाँचदेखि सात लाख लिटर पानी आउने गरेको कुरा धरान खानेपानी व्यावस्थापन बोर्डका निर्देशक राजु पोखरेद्वारा जानकारी दिए । येसरी कोखा खोलाबाट ल्याएको पानीले अर्को सफलता मिलेपछि पाईप काट्ने आगो लगाई पाईप जलाउने गरिँदै आएको छ । केही महिना अघि मात्र आगो लगाउँदा पाइपमा ठूलो क्षति भएका थिए । निर्देशक पोखरेलका अनुसार करिब १० लाख बढीको क्षति पुगेको जानकारी दिए ।

यसरी थालिएको श्रमदानका हजारौं बिरुवाहरू रोपिएका छन । हजारौंले गिटी कुटेका छन् । हजारौंले ढुङ्गा बोकेका छन । धरान भित्र अनि धरान बाहिर साथै नेपाल बाहिर रहेकाले करोडौं रूपयाँ आर्थिक सहयोग गरिएका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित