धरान । धरानमा आयोजना गरिएको मिस एसईईको उपाधि धरानका तायमा राईले जितेकी छन् । शनिवार सम्पन्न ड्रिम्स एम प्रोडक्शनले आयोजना गरेको प्रतियोगीतामा फस्ट रनर अप दिक्षा गजमेर, सेकेण्ड रनरअप आसिका राई र थर्ड रनरअप मुस्कान श्रेष्ठले भएको कुरा ड्रीमस एमका निर्देशक मेरिना तुलसाले जानकारी दिए ।
मिस एसईईको उपाधि जितेकी तायमाले नगद ५० हजार सहित मिस एसईईको क्राउन पहिरीन सफल भएका थिए । प्रतियोगीतामा सहभागी तयमा राईले वेस्ट वाक र पब्लीक च्वाईस र भ्युवर च्वाईसको अवार्ड समेत प्राप्त गरीन् । त्यसैगरी मस्ट डिस्प्लीन तनिसा वन, मिस ट्यालेण्ट आसिका राईले हात पारिन् । मस्ट व्युटिफुल मुस्कान श्रेष्ठ भइन् । मिस वव्लीको उपाधि रश्मी राई, मिस बेष्ट हेयर सर्मिला लिम्बु, मिस फोटोजेनिक विमा राना मगर, मिस पंचुअल तनिसा वन, मस्ट ओविडेण्ट दिक्षा गजमेर, मस्ट एक्टिभ अनुस्का विश्वकर्मा, मिस फ्रेण्डली आसिका राईले उपाधि हासिल गर्न सफल भएको कुरा ड्रिम्स एम प्रोडक्शन धरानका कार्यक्रम संयोजक कैलाश मोक्त्तानले जानकारी दिए ।
त्यसैगरी मिस्टर एसईई सुनसरीको उपाधि शुशान्त पौडेल जित्न सफल भएका छन् प्रतियोगीतामा फस्ट रनरअप तथा मस्ट डिस्पीलन प्रजिन लिम्बु मस्ट एक्टिभ, मिस्टर ट्यालेण्ट र पब्लीक च्वाईस अवार्डको उपाधि शुसान्त पौडेलले हात पार्न सफल भए भने भ्युवर्स च्वाईस अवार्डको उपाधि प्रजिन लिम्बुले हात पार्न सफल भएका थिए । किशोर किशोरी तथा युवाहरुको सौन्दर्य, व्यक्तित्व र क्षमता विकासको लागि प्रत्येक बर्ष विभिन्न टाइटलमा ड्रिम्स एम प्रोडक्शन धरानले कार्यक्रम आयोजना गर्दै आएको र आगामी दिनमा पनि यस किसिमको कार्यक्रमलाई निरन्तरता दिने कार्यक्रम संयोजक मेरिना लिम्बुले बताउनु भयो ।
प्रतियोगीताको मुख्य निर्णायकको भुमिकामा अन्तराष्ट्रिय स्तरको कोरियोग्राफर तथा मिडिया पर्सानलिटि कला सुब्बा थिए । त्यसैगरि युवा व्यवसायी एनी ब्राण्डका संचालक सन्तोष थोप्रा, मिस्टर एण्ड मिस पुर्वाञ्चलका सिईओ रोनिक अग्रवाल, मिस प्रोभिन्स आईडल २०२२ का विजेता भावना जगेवु र मिस लिम्बु २०२३ का बिजेता भिनुमा फिम लिम्बु रहनु भएको थियो ।
Discussion about this post