धरान। कार्यपालिका बैठक बोलाउँदा कानुन सम्मत नभएको भन्दै बैठक बहिष्कार गरेकोमा चिन्तित बन्दै भूपू सैनिक समुदायले तत्काल सबै जिम्मेवारी बन्दै कार्यपालिका बैठक बस्न ध्यानाकर्षणपत्र बुझाएको छ ।
मेजर झप्तमान लिम्बू प्रेसिडेन्ट ब्रिटिश गोर्खा रेजिमेन्टल एसोसिएशन धरान,वीरेन्द्र विक्रम लिम्बू
ए.एस.पी.गोर्खा कन्टिन्जेन्ट सिङ्गापुर पुलिस फोर्स, कर्ण गुरुङ सह सचिव भारतीय भूपू सैनिक एसोसिएशनले संयुक्त हस्ताक्षरित ध्यानाकर्षणपत्र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गलाई बुझाएको छ । आईतबार मेयरको कार्यकक्षमा भूपू सैनिकले व्यानर सहित ध्यानाकर्षणपत्र बुझाएको हो ।
ध्यानाकर्षणपत्रमा स्थानीय सरकार धरान उपमहानगरपालिकामा विगत केही दिनदेखि बोलाईएको कार्यपालिका बैठकमा कार्यपालिका सदस्यहरूले मेयरबाट कानुनी प्रक्रिया मिचेर पत्राचार गरेको भन्दै बैठकमा नबस्ने भनेर पत्रकार सम्मेलन गरेको थाहा भएको साथै भोलिपल्ट मेयर र उप मेयरले समेत छुट्टाछुट्टै कार्यपालिकाको बैठकको विषयमा पत्रकार सम्मेलन गरेको थाहा पाउँदा हामी सबै भूपू समुदायको ध्यानाकर्षन भएको जनाएको छ ।
धरानको विकासमा सबै धरानका नगरवासीको योगदान रहनुका साथै “भूपू लाहुरेको सहर” नामले चिनिने धरानमा सम्पूर्ण भूपू सैनिकहरूको पनि उत्तिकै योगदान रहेको उल्लेख छ । भुपुले धरानको विकासको लागि भविष्यमा पनि योगदान रहने स्मरण गराएको पत्रमा उल्लेख छ । धरानको पछिल्लो घटनाक्रम तथा परिस्थीलाई देखेर मेयर उप मेयर र कार्यपालिका सदस्य बीच भएको विवादले धरानको आर्थिक वर्ष २०८१/८२ को बजेट प्रभावित हुने हो कि भनेर हामी चिन्तित छौ भनिएको छ । यस आर्थिक वर्षमा समेत प्रमुख प्रशासकीय अधिकृत नहुँदा काम गरिसकेको बजेट भुक्तान हुननसकेको,सामाजिक सुरक्षा सम्बन्धि सबै काम कारवाही प्रभावित हुने भएको बुझेर छिटो भन्दा छिटो सबैले जिम्मेवारी वहन गरी अनिणर्यको बन्दीलाई फुकुवा गरी बैठक बसेर आगामी आर्थिक वर्षको बजेट ल्याउनको लागि धरान उपमहानगरपालिकाले तत्काल कार्यपालिका बैठक बस्नको लागि भन्दै हामी भूपू सैनिक समुदायको जोडदार माग गर्दछौं भनिएको छ ।
जवाफमा मेयर भ्रष्टाचार बेथिति बिरुद्द लाग्ने भन्दै कुनै सम्झौता नहुने स्पस्ट पारे । मेयरले कार्यपालिका सदस्यले प्रि मिटिङ बस्नुपर्ने प्रस्ताव आएको भन्दै त्यो हुननसक्ने बताए । प्रि मिटिङ बस्नुको आवश्यकता नभएको भन्दै सिधै बैठक बसेर एजेण्डा राखेर जाने बताए । आफू कानुन सम्मत रहेको जिकिर गर्दै स्थानीय सञ्चालन ऐन नै खिचेर लान सुझाव दिए ।
मेयरलाई पत्र बुझाए लगत्तै उप मेयर इन्द्र बेघालाई पनि पत्र बुझाएका थिए । त्यो ध्यानाकर्षण पात्र सबै वडा अध्यक्षलाई समेत बोधार्थ रहेका थिए । सहभागि भूपू सेनाले वडा नम्बर १७ र १३ लाई बुझाउन गएको बताए । तर दुवै वडा अध्यक्ष भागेको आरोप लगाए । वडा १७ ले सधैं कार्यवाहक मात्र दिने गरेको सुनिएको भन्दै फेरि पनि वडा कार्यालयमा जाने बताए ।
Discussion about this post