कानुन सम्मत नभएको कार्यपालिका बैठकमा धरानका कार्यपालिका सदस्यहरू सहभागि नहुने,मेयरले हाउरेको संज्ञा दिए

धरान । आर्थिक वर्ष २०८१/८२ को बजेट तयारीको लागि धरान उपमहानगरपालिकाले बोलाएको बैठक कानुन सम्मत नभएको भन्दै कार्यपालिका सदस्यहरू सहभागि नहुने भएको छ ।

कार्यपालिका सदस्यहरूले आज पत्रकार सम्मेलन गर्दै मेयर साम्पाङ आफ्नो अधिकारभन्दा बाहिर गएर प्रशासन महाशाखा प्रमुख जस्तो भएको जनाएको छ । पत्रकार सम्मेलनमा प्रशासन महाशाखाको लेटरप्याडमा कार्यपालिका बैठक बोलाएको भन्दै कार्यपालिका सदस्यहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । बैठक सञ्चालन सम्बन्धी कार्यविधि अनुसार नगर प्रमुखको निर्देशनमा कार्यकारी अधिकृतमार्फत बैठक आह्वान हुने प्रावधान रहेको उल्लेख छ । मेयरलाई आफ्नो अधिकारको जानकारीसम्म नहुनु आफैमा लज्जास्पद बिषय भएको उल्लेख गरे ।


१३ नम्बर वडा अध्यक्ष नेत्र काफ्लेले मेयरले कार्यशैली २००७ सालको राना शासन जस्तो भएको आरोप लगाए । वडा नं १७ का अध्यक्ष सुर्यबहादुर भट्टराईले विगतमा धरानमा कर्मचारीहरु आउन चाहने तर पछिल्लो २ बर्षमा मेयर साम्पाङको कार्यशैलीको कारण आउन डराउने गरेको बताए । वडाअध्यक्ष भट्टराईले मेयर साम्पाङले ४० जनाभन्दा बढी अभियानकर्ता भनिएका आफ्ना मान्छेहरु नियुक्ती दिएको खुलासा गरे । भट्टराईले नगरपालिका र खानेपानी बोर्डमा विभिन्न नाममा कर्मचारी नियुक्ती भएको दाबी गरे ।

यता मेयर हर्क साम्पाङ्ग सामाजिक सञ्जालमा स्टाटस लेख्दै- `म यता बजेटको वैठकमा पर्खिरा थें ! उता पत्रकार सम्मेलन भैरा रछ ! जय धरान Any way !`भनिएको छ । अर्को स्टाटसमा “हर्क साम्पाङलाई त सिध्याइहाल्नु पर्छ नत्र त्यसले देश बनाउँछ !” बधाइ छ तेरो चेतनालाई !भनिएको छ । त्यही बिषयमा अर्को स्टाटस लेखिएको छ – `बजेट बनाउने वैठकहरु बहिष्कार गरेका छन् हाउँरो जनप्रतिनिधिहरुले !`

धरानमा विगत ८ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा बजेट भुक्तानीमा प्रभावित भएको छ ।

 

तस्बिर: भैरव आङला

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित