कांग्रेसको बैठक, विष्णुपादुकामा वृक्षरोपण र ग्रीन एण्ड क्लीन धरान कार्यक्रम पुनः सञ्चालन गर्ने निर्णय

धरान । नेपाली कांग्रेस क्षेत्र नं. १ सुनसरीको बैठक सम्पन्न भएको छ । क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

बैठकले धरान १७ पटनालीका लक्ष्मीराम कार्की र तारा खत्री तथा धरान ८ का ताइचिङ खवाहाङ लिम्वुलाई सदस्यमा मनोनित गर्दै क्षेत्रीय समिति विस्तार गरेको छ भने लिम्वुलाई सामाजिक सञ्जाल व्यवस्थापन तथा परिचालनको जिम्मेवारी समेत प्रदान गरेको क्षेत्रीय सहसचिव सुमित राईले बताएका छन् ।उनका अनुसार बैठकले विष्णुपादुका र भेडेटार आसपास वृक्षरोपण गर्ने र गत वर्ष सञ्चालन गरिएको ग्रीन एण्ड क्लीन धरान कार्यक्रम यस वर्ष पनि सञ्चालन गर्ने निर्णय गरेको छ ।

वृक्षरोपणका लागि क्षेत्रीय सभापति सुजेन्द्र तामाङ कै संयोजकत्वमा क्षेत्रीय कोषाध्यक्ष सुवर्ण श्रेष्ठ, क्षेत्रीय सहसचिव सुमित राई, क्षेत्रीय सदस्यद्धय शिखा चेम्जोङ, कविता लिम्वु र प्रदेशसभा १(१) कोषाध्यक्ष रविना सुब्बा गुरुङ सदस्य रहेको व्यवस्थापन समिति र स्थानीय नेता तथा जनप्रतिनिधि वडा सदस्य देवेन्द्र राईको संयोजकत्वमा तयारी, रेखदेख तथा समन्वय समिति समेत गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
आन्दोलन उठेपछि बिमाले गर्‍यो पत्राचार, बोर्डको अष्पष्टता धरानमा चौतर्फी आन्दोलन उठिसकेको,बिमा बोर्डले बिपि क्याम्पलाई करिब ८० करोड भुक्तान नगरेको (भिडियो सहित)
भर्खरै प्रकाशित
आन्दोलन उठेपछि बिमाले गर्‍यो पत्राचार, बोर्डको अष्पष्टता धरानमा चौतर्फी आन्दोलन उठिसकेको,बिमा बोर्डले बिपि क्याम्पलाई करिब ८० करोड भुक्तान नगरेको (भिडियो सहित)