धरान । सुनसरीको धरान उपमहानगर भित्र रहेका निजी विद्यालयहरुबीच भएको हाजिरी जवाफ प्रतियोगितामा धरानका १८ वटा स्कुललाई पछि पार्दै धरान ६ मा रहेका एभरेष्ट चिल्ड्रेन होम इंग्लिस बोर्डिङ स्कुल प्रथम भएको छ ।
प्रथम भएसँगै अव यही जेठ ३२ गते इटहरीमा हुने सुनसरी जिल्ला भरीका निजी बिद्यालयहरुसँग प्रतिष्पर्धा गर्ने भएको छ ।भखरै सम्पन्न भएको प्रतियोगितामा सहभागी विद्यार्थीहरु कृतिका प्याकुरेल,निशान बिश्वकर्मा र कुशल प्याकुरेल सहभागी भएका थिए भने उनीहरुले १ सय १५ अंक प्राप्त गरी विजयी भएको प्याव्सन धरानका सचिव रबिन न्यौपानेले बताए ।
यस अघि पनि गत साल धरानबाट छनौट भई जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता एभरेष्ट स्कुलका विद्यार्थी सहभागि भई चौथो स्थान ल्याउन सफल भएका थिए । एभरे्ष्ट स्कुल धरान ६ का प्रिन्सिपल भुपाल पौडेलले जिल्ला स्तरीय हुने प्रतियोगितामा पनि जीत हासिल गर्नको निम्ति स्कुलले विद्यार्थीहरुको निम्ति छुट्टै पूर्ब तयारी शुरु गरेको बताए । उनले भने,“धरान नगरबाट बिजेता भएका छन् बिद्यार्थी, अवस्य पनि विद्यार्थीहरुको लगनशीलता र मेहनेतले जिल्लामा पुगेर पनि बिजयी हासिल गर्ने कुरामा हामी ढुक्क छौ,सोही अनुसार विद्यार्थीलाई तयारी गर्न पनि लगाएको छौ ।”एभेरेष्ट स्कुल गुणस्तरीय शिक्षा सहित हाजिरी जवाफ,निबन्ध,बादविबाद, खेलकुद लगायत अतिरितm क्रियाक्लापहरुमा धरान नगरकै उत्कृष्ट बिद्यालयको रुपमा पर्दछ ।
सचिव न्यौपानेले दिएको अनुसार दोश्रो स्थान भने जेम्स सेकेण्डरी स्कुल धरान १८ ले ८५ अंक र तेश्रो भने सिद्धार्थ शिशु स्कुल धरान १६ ले ७५ अंक ल्याएर तृतीय भएको छ ।
प्रथम,दोश्रो र तेश्रो हुने तीन वटै टीमहरु प्याब्सन सुनसरीले आयोजना गर्ने जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगितामा सहभागि हुन पाउने छन् । विजेता स्कुलहरुलाई आयोजक प्याव्सन धरान नगरले पुरस्कार स्वरुप सिल,ट्रफि सहित प्रदान गरेको थियो ।
Discussion about this post