दिपेश रोक्का । कानेपोखरी
कानेपोखरी , २७ जेठ । मोरङको कानेपोखरीको नेकपा माओवादी पार्टीको शनिबारबाट १५ दिने सम्मेलन सुरु भएको छ । गत शनिबार कानेपोखरी वडा ४ र ५ बाट सम्मेलनको सुरुवात भएको थियो ।
पार्टीको बिधानानुसार प्रत्येक दुइ बर्षमा वडाको सम्मेलन/अधिबेशन सक्नु पर्ने भएकाले नियमित सम्मेलन गर्ने उदेश्यले ऐतिहासिक सम्मेलन गरेको नेकपा माओवादी पार्टी कानेपोखरीका अध्यक्ष दुर्गा बहादुर कार्कीले बताए । शनिबार बार सुरुवात भएको सम्मलेन असारको पहिलो हप्ता सम्म हुने पार्टी अध्यक्ष कार्कीले बताए ।
पुर्बेली संगठन सुदृढीकरण अभियान”कि कानेपोखरी कमान्ड तथा पार्टी केन्द्रीय सदस्य क. ममता ताजपुरियाको प्रमुख आतिथ्यतामा शनिबार सम्मेलनको सुरुवात भएको थियो ।वडा नं ४ मा क. चुडामणि भारतीको अध्यक्षतामा र क.कृष्ण न्यौपाने सचिव सहितको वडा कमिटी साथै वडा नं ५ मा क. भक्त बहादुर घले(कुमार)को अध्यक्षतामा र क. दिलिप कार्की सचीव सहितको वडाकमिटीको गठन गरिएको थियो ।
Discussion about this post