धरान । किराती समुदायको उभौली साकेला यस वर्षलाई समाप्त भएको छ । गत जेठ १० गतेदेखि शुरु भएको साकेला शनिबार सम्पन्न भएको छ ।
देश विदेशमा रहेका किराती राई समुदायले भव्य रुपमा मानिएको लामो समयपछि धरानमा पनि शनिबार सम्पन्न भएको छ । धरान उपमहानगरपालिकाको मेयर हर्क साम्पाङ्गको प्रमुख आतिथ्यमा भएका थिए । कार्यक्रमा फुटबल खेलाडी प्रीति राईलाई नगद पुरस्कार एक लाख रूपैयाबाट सम्मान गरिएको थियो । त्यसैगरी पार्वती राईलाई पनि नगद सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा सुनसरी जिल्लाका विभिन्न स्थानबाट राई समुदायको उपस्थिति थिए । किरात राई यायोक्खा सुनसरीको आयोजनामा अध्यक्ष राजेन्द्र राईको अध्यक्षतामा साकेला उभौली समापन भएको हो ।
Discussion about this post