धरान । धरान उपमानगरपालिकाका उप मेयर आइन्द्रा वेघाले परम्परागत रूपमा बिक्रीवितरन गरिँदै आएको जडिबुटीलाई वैधानिकता दिन पहल गर्ने बताए ।
उपमेयर बेघले शिङसा कल्यानकेन्द्र धरानले आयोजना गरेको जडिबुटी कारोवार सम्बन्धि ऐन कानुनी व्यावस्था सम्बन्धि तीन दिने प्रशिक्षण समापनको अवसरमा भनेका हुन । बेघले धरान उपमहानगरको स्वास्थ्य महाशाखा अन्तर्गत आयुर्वेद तर्फ परम्परागत सम्बन्धि व्यावस्था रहेको कुरालाई कार्यक्रम स्थलमा नै निर्देशन दिए । प्रशिक्षक समेत रहेका धरान आयुर्वेद औषधालयका कविराज रामबाबु यादवलाई स्वास्थ्य सम्बन्धि भएको व्यावस्था बारे निर्देशन दिए ।
उपमेयर घुम्ती रुपमा थोरैमात्रमा बजार हटियामा विक्रीवितरण गरिँदै आएको भन्दै कानुनी दायरा भन्दैमा आम्दानी भन्दा बढी कर लिन उपयुक्त नहुने स्पष्ट पारे । स्वास्थ्य महाशाखामा भएको व्यावस्था अनुसार आवश्यक छलफल गरेर अगाडि बढ्ने बताए । उनले प्रशिक्षणमा रहेका सहभागीको उपस्थितीले हिमालको झल्को दिने बताए । त्यसैगरी अन्य जडीबुटीको झल्को आउने बताए ।
उपमेयर बेघले नगरपालिकाको थोरै बजेटबाट उत्प्रेरणा हुन्छ भन्ने उद्देश्यले प्रशिक्षणमा बजेट दिएको बताए ।
प्रशिक्षक एबम धरान आयुर्वेद शाखाका कविराज रामबाबु यादवले स्वास्थ्य महाशाखा अन्तर्गत परम्परागत सम्बन्धि व्यावस्था रहेको मस्यौदा पछि वैधानिकता दिने आश्वासन दिए ।
समापन कार्यक्रमा वन कानुनी व्यावस्थाबारे प्रशिक्षण दिनु भएका सब डिभिजन वान कार्यालय धरानका वन अधिकृत महेश साहले घुम्ती रुपमा बेचबिखन गर्नका लागि साना तथा घरेलु उद्योगमा दर्ता गरेर अगडि बढ्न सुझाव दिए । जसका लागि आवश्यक सहयोग गर्ने आश्वासन अधिकृत साहले दिए । अधिकृत साहले ३६ वर्षको जागिरको दौरानमा पहिलोपटक यसरी संस्थाबाट प्रशिक्षण दिएको पाएको भन्दै संस्थाको प्रसंसा गरे ।
समापन कार्यक्रमा हालसम्म जडिबुटी प्रशिक्षण दिँदै आएका भन्दै बजार हटियामा परम्परागत रुपमा बिक्रि वितरण गर्दा विभिन्न व्यक्ति अनि प्रशासन लगायतबाट चुनौती भएको भन्दै करको दायरा र वैधानिकता दिन माग गरेपछि यस्तो जवाफ आएको हो ।
नेपाल आदवासी जनजाति नगर समन्वय परिषद धरानका अध्यक्ष सुवासचन्द्र हुकपा चोङबाङले आदिवासीको सीपकलालाई राज्यले संरक्षण गर्नुपर्ने बताए ।
कार्यक्रम सहभागि मध्ये सुन्सिङ भोटेले धेरै कुरा सिक्न पाएको बताए ।उनले वन तथा जडिबुटी सम्बन्धि कानुनी व्यावस्था प्रशिक्षणको क्रममा जान्न पाएको बताए । उनले आगामी दिनमा यस्ता प्रशिक्षणको लागि बजेट उपलब्ध गराउन पनि माग गरे ।
बैधानिक आधार निशंकोच कारोबार भन्ने नाराकासाथ धरानमा तीन दिने प्रशिक्षण दिएको हो । शिंगसा कल्याण केन्द्र धरान नगरसमिती अध्यक्ष छितेन नुप्पाले यस प्रशिक्षण उपलब्धि मुलक भएको बताए । आगामी दिनमा पनि यस्ता प्रशिक्षण गरिने बताए ।
धरान उपमहानगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को लक्षित वर्गको बजेट अन्तर्गत नेपाल आदवासी जनजाति नगर समन्वय परिषद धरानलाई विनियोजन गरिएको बजेट अन्तर्गत शिङ्सा कल्याण केन्द्रले आफ्नो समुदायलाई प्रशिक्षणको आयोजना गरिएको हो । कार्यक्रम सञ्चालन संस्थाका सचिव ङर्जेवा पेज्यापाले गरेका थिए ।
Discussion about this post