कानीबेराङको वार्षिकोत्सब सम्पन्न

दिपेश रोक्का । कानेपोखरी
कानेपोखरी , २५ जेठ । मोरङको कानेपोखरीको ऐतिहासिक स्थल पोखरीमा रहेको कानीबेराङको शालिक स्थापना भएको एक वर्ष पुगेको अवसरमा वार्षिकोत्सब तथा विश्व वातावरण दिवसको उपलक्ष्यमा कार्यक्रम सम्पन्न भएको छ । कानीबेराङ संरक्षण समिति तथा रमाइलो डाइग्नोस्टिक प्राली तथा चेतना मिडिसिन सेन्टरको आयोजनामा कार्यक्रम भएको थियो । स्वच्छ वातावरण स्वास्थ वातावरण हामी प्राणीको लागि बिरुवा भन्न्ने नाराको साथ कार्यक्रम भएको थियो ।

वार्षिक उत्सवको उपलक्ष्यमा रक्तदान कार्यक्रम , बिरुवा रोप्न्ने कार्यक्रम , माछाको भुरा छाड्ने कार्यक्रम तथा कानीबेराङको स्थायी मुर्ती बनाउन आर्थिक संकलनको कार्यक्रमको आयोजना गरिएको थियो । कानेपोखरी संग कानीबेराङको इतिहास जोडिएको हुनाले यश कार्यक्रमको आयोजना गरिएको कानीबेराङ संघर्ष समितीको संयोजक प्रकाश धिमालले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमको प्रमुख अतिथी कोचिला मुक्तिमोर्चा का संयोजक ममता दाजपुरीयाले कानीबेराङको शालिक संरक्षण तथा यसको मुर्ती निर्माणको लागि स्थानीय सरकारले आवस्यक पहल गर्नु पर्ने बताईन । वार्षिकोत्सबको अवसरमा ७ केजि माछा , ७० वटा बिरुवा ११ प्रीन्ट रगत संकलन गरिएको थियो ।

कार्यक्रममा समाजसेवी तथा कानीबेराङ संघर्ष समितिका सदस्य , राजनैतिक दलका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित