बसन्तराज सुब्बा
झापा। महिलाहरुलाई जागरुकता, आत्मानिर्भरता र स्वबलम्बन बनाउने हेतुले स्थापित समावेशी महिला सशक्तीकरण केन्द्र केर्खाले बिगतदेखी सामाजिक कार्यहरुमा विभिन्न महिला लक्षित गतिबिधिहरु गर्दै आएको छ।
संस्थाले यसपाली भने एकैसाथ कमल गाउँपालिकाको वडा न.१ र वडा न.६-मा फरक-फरक शीर्षकमा शिपमुलक तालिम सफलतापुर्बक सम्पन्न गरेको छ।
कार्यक्रमहरु कमल गाउँपालिका वडा न.-१ को बार्षिक सिलिङ्क बजेटद्वारा समावेशी महिला सशक्तीकरण केन्द्रले एक महिने महिला लक्षित सिलाई बुनाई तथा कटिङ तालिम गरिएको थियो । बैशाख २३ गते वडा न.१ को ढ्याङ्री बजारस्थित दुर्गा मन्दिरको हलमा संस्थाकि अध्यक्ष पुर्णिमा देवान/फागोको अध्यक्षतामा बिधिवत उद्घाटन भएको थियो।
भने सोही कार्यक्रमलाई जेष्ठ २३ गते कमल गाउँपालिका वडा न.१-का वडाध्यक्ष केदार कटुवालको उपस्थितिमा एवम प्रकारले समापन गरेको छ।
तालिममा जम्मा २१- जना महिलाहरुलाई प्रशिक्षिका तारा चौधरिले तालिम दिएकी थिईन।त्यस्तै अर्को कमल गाउँपालिका वडा न.६,को बार्षिक विनियोजित रकममाबाट २०८१ बैशाख ४ गते महिलाहरुका लागि बिशेष आयाआर्जन मुलक एक हप्ते बटारे धुप बनाउने तालिम कार्यक्रमको उद्घाटन गरि जेष्ठ ११ गते कमल गाउँपालिका उपप्रमुख प्रमिला तिवारिको उपस्थितिमा विधिवत रुपमा समापन गरेको थियो । उक्त तालिममा जम्मा ६०-जना प्रशिक्षार्थीलाई प्रशिक्षिका मेनुका श्रेष्ठले तालिम दिएकी थिइन।
समापन समारोहलाई समग्रामा बिसर्जन गर्ने क्रममा संस्थाकी अध्यक्ष पुर्णिामा देवन/फागोले वडा न.१ र ६- को दुईटै वडाध्यक्ष र जनप्रतिनिधिहरु र पालिका सबैप्रती आर्थिक बजेट जुटाई कार्यक्रम दिएकोमा संस्थाको तर्फबाट एकमुष्ट धन्यवाद व्यक्त गर्दै औपचारिक उद्घाटनदेखि समापन कार्यक्रमसम्म उपस्थित जनाउने अतिथिजनहरु, प्रशिक्षिकहरुलाई पनि विशेष धन्यवाद दिए । तालिम लिएर प्रमाणपत्र प्राप्त सबैलाई सिकेको शिपको उपयोग गरि सफल आय-आर्जन गर्न सफल हुनका लागी बधाई-ज्ञापन गर्दै आउँदा दिनहरुमा थप एड्भान्स तालिम र अन्य किसिमका कार्यक्रमहरु पनि संस्थाले गर्दै जाने प्रतिबद्धता राख्दै कार्यक्रम बिसर्जन गरेकी थिइन।

Discussion about this post