परम्परागत जडिबुटी बेचबिखन सम्बन्धी तीन दिने प्रशिक्षण शुरु(भिडियो सहित )

धरान । बैधानिक आधार निशंकोच कारोबार भन्ने नाराकासाथ परम्परागत रुपमा बिक्री वितरण गरिदै आएको जडिबुटी सम्बन्धी नेपालको कानुनी व्यावस्था बिषयमा तीन दिने प्रशिक्षण धरानमा शुरु भएको छ।

धरान उपमहानगरपालिकाको आर्थिक सहयोगमा २०८०/८१ लक्षित बजेटबाट नेपाल आदिवासी जनजाति नगर समन्वय परिषद धरानमा आवद्ध रहेका जातिय संस्था मध्ये शिङ्सा कल्याण केन्द्र दरान नगर समितिको आयोजनामा भएको हो । न्यु धरान गोर्खा किचनको सभाहलमा बिहिवारदेखी शुरु भएको हो ।

संखुवासभा जिल्लाबाट आएर धरानमा वसोवास गर्दै जडिबुटी बेचबिखन गरि आम्दानीको श्रोत बनाउदै आएका समुदायहरुलाई लक्षित गरि प्रशिक्षण दिएको कुरा शिङ्सा कल्याण केन्द्र धरान नगर समितिका अध्यक्ष छितेन नुप्पाले जानकारी दिए । बिहिवार पहिलो दिन धरान आयुर्वेद औषधालयका कविराज रामबाबु यादवबाट प्रशिक्षण दिएको छ । दोश्रो दिन पनि यादवबाट नै प्रशिक्षण दिइनेछ ।
त्यसैगरी तेस्रो दिन जडिबुटी कारोबार सम्बन्धि कानुनी व्यावस्था बारे सब डिभिजन वन कार्यालय धरानका सहायक वन अधिकृत महेश साहले प्रशिक्षण दिइनेछ ।
प्रशिक्षणमा धरानमा वसोवास गरि जडिबुटीबाट आयस्रोत बन्नाउदै आएका अधिकांश महिलाहरूको सहभागी छन । जम्मा बिहीवार २० जना सहभागी थिए । सहभागी संख्या पहिलो दिन विविध कारणले कमि भए पनि दोस्रो दिनदेखि सहभागी थपिने कुरा नगर अध्यक्ष छितेनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित