कानुन व्यवसायीहरूको लागि क्षमता अभिवृद्धि कार्यक्रम

नविन रम्तेल

जेठ २३, इनरुवा । नेपाल बार एसोसिएसन जिल्ला अदालत बार ईकाई सुनसरीको आयोजनामा कानुन व्यवसायीहरूको लागि क्षमता अभिवृद्धि कार्यक्रमको उद्घाटन सुनसरी जिल्ला अदालतको परिसरमा न्यायाधीश मुकेश उपाध्यायले गर्नुभयो।

चार दिनसम्म संचालन हुने कार्यक्रमलाई आज न्यायाधीश उपाध्यायबाट विधिवत रुपमा उद्घाटन भएको हो । कार्यक्रममा संबोधन गर्दै प्रमुख अतिथि उपाध्यायले भने –  `सामान्य नागरिकबाट विद्वान बन्नुभएको छ यो साख जोगाउन निकै कठिन छ।´उनले भने यसका लागि अध्ययन त निरन्तर नै चाहियो नै । न्यायाधीशले गरेको गल्ती तीन तह(थ्री लेयर)बाट सच्चिन सक्छ तर तपाईले फिरादमा एकपटक लेखिएको कुरा कदापि सच्चिन सक्दैन त्यसैले अध्ययन र अनुभव धेरै भन्दा धेरै बटुल्नु जरुरी रहेको बताए ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता रमेश कोईरालाले दिनै पिछे नयाँ नयाँ कुराहरू दिमागले रिसर्च गरिरहने यो पेशाको निकै राम्रो पक्ष मान्नुपर्ने  बताए । उनले भने -`हामी सबै प्रशिक्षार्थीहरु हौ। हामी सोसियल ईन्जिनियर हौं।सत्यको पक्ष,अन्यायको विरुद्धमा र समाज परिवर्तनको लागि डाक्टर इन्जिनियर भन्दा प्रतिष्ठित यो पेशा व्यवसाय निरन्तरताले धेरै सिकाउँछ ।´

३५ जना भन्दा बढि सहभागी उक्त क्षमता अभिबृद्धि कार्यक्रममा उच्चबारका सचिव बिनोद तिम्सिनाले हामी नवप्रवेशी होइन कखरा सिक्दै गरेका छौं। हामी आइडियल वकिल, समकक्षी बन्न हामीलाई जिम्मेवारी बहन गर्न जरुरी छ भन्दै प्रशिक्षार्थीहरूलाई हौस्याउनुभयो।

नेपाल बार एसोसिएसनको निवर्तमान अध्यक्ष आश्विनी भट्टराईले चुनौतीपूर्ण पेशा व्यवसायमा प्रवेश गर्दै गर्दा अप्ठ्याराहरू भए अनुभवी र अग्रजहरूसँग सहयोग लिन पछि नपर्न सुझाव दिए । उनले भने – `तपाईहरु अध्ययनशिल हुनुस् चारित्रीक सुधार गर्नुस् हामी सहयोग गर्नेछौं ।´

कार्यक्रममा वरिष्ठ अधिवक्ता रामप्रसाद घिमिरे,अधिवक्ता टेकनाथ अधिकारीले समेत शुभकामना मन्तव्य राख्नुभयो। कार्यक्रमको औचित्यतासँगै स्वागत मन्तव्य सुनसरी बार एकाइका उपाध्यक्ष अधिवक्ता बलराम राईले राख्नुभएको थियो ।  कार्यक्रमको सञ्चालन सुनसरी बार एसोसिएसनका सचिव किशोर कुमार चौधरी र बारका अध्यक्ष श्री वीरेन्द्रबहादुर बस्नेतको अध्यक्षतामा भएको थियो।

उद्घाटन पश्चात प्रशिक्षक नेपाल बार एसोसिएसन सुनसरीका अध्यक्ष अधिवक्ता वीरेन्द्रबहादुर बस्नेत, नेपाल बार काउन्सिलका पार्षद अधिवक्ता प्रेमप्रसाद पोखरेल, निवर्तमान अध्यक्ष आश्विनी भट्टराई र अधिवक्ता बलेन्द्र मेयाताले प्रशिक्षण दिनुभएको थियो।

जेठ २३ देखि ४ दिनसम्म चल्ने नवोदित कानुन व्यवसायीहरूको लागि क्षमता अभिवृद्धि कार्यक्रमले प्रशिक्षार्थीहरुले निकै महत्वका साथ लिएको सहभागी मध्येका अधिवक्ता दातेन्जी शेर्पाले बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित