नयाँ शक्ति निर्माण गर्न पहिचानवादि मोर्चा र तेस्रो जन आन्दोलन तयारी समितिको प्रारम्भिक छलफल

काठमाडौ । डा. महेन्द्र लावतीले नेतृत्व गर्दै आएको पहिचानवादि मोर्चा र तेस्रो जन आन्दोलन तयारी समिति संयोजक गोपाल किराती बीच सहकार्य हुने भएको छ ।
जेठ २२ दुबै पक्ष पहिलो चरणमा छलफल भएको छ । छलफलपछि पाँच बुँदा निर्णय भएको छ । निर्णयलाई अपिलको रुपमा सार्वजनिक गरिएको छ । छलफलमा इलाम जिल्ला क्षेत्र नम्बर २ को उप चुनावको गम्भीर रुपमा समिक्षा भएको छ । छलफलमा डकेन्द्रसिंह थेगिम विरुद्ध एमाले सामु काङ्ग्रेस राप्रपा रास्वपा माओवादी बिप्लब आफ्नो अस्तित्व पार्दै नम्बर १ पहिचान विरोधी एमाले सामु निर्लज्ज आत्मसमर्पण गरेर हाम्रो साझा उमेदवार विरुद्व जसरी भद्दा प्रहार गरे, पहिचान र अधिकारको आन्दोलन अझ कठोर बनेको आरोप लगाएको छ। छलफलको मुल निष्कर्ष देशव्यापी मोर्चावन्दी र सहकार्य बढाउदै जनआन्दोलन मार्फत प्रगतिशील रुपान्तरणको सार्वभौम राजनीतिक शक्ति निर्माण आजको ठोस कार्यभार बन्न आएको जनाएको छ।

दुई संगठनका प्रतिनिधिहरुको बैठकको प्रारम्भिक निर्णयहरु :

१. हामीहरु नेपालको संविधान २०७२ लाई उपलब्धी र कमजोरीसहितको संविधान मान्दछौँ। तदनुसार गणतन्त्र, लोकतन्त्र, धर्मनिरपेक्षता, नामको संघीयता, समानुपातिक समावेशीकरण, मौलिक हक, स्वतन्त्र परराष्ट्रनीति जस्ता उपलब्धीको रक्षामा दृढता प्रदर्शन गर्दै संविधानका एक जातीय, दलाल पुँजीवादी, भ्रष्टाचारी, केन्द्रीकृत शासन संरचना जस्ता जघन्य कमजोरीको अन्त्य चाहन्छौं। तदनुसार संविधानको प्रस्तावना र धारा ३ बमोजिम बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक मुलुक नेपालको सामाजिक प्रकृति अनुरुप बहुराष्ट्रिय, बहुजातीय राज्य संरचना आधारित सशक्त १०+१ संघीयता कार्यान्वयन गरियोस्।

२. संविधानको प्रस्तावना वमोजिम वर्गीय, जातीय, भाषिक, धार्मिक, साँस्कृतिक, लैंगिक विभेद अन्त्य गर्न र धारा ४ को समाजवाद उन्मुख राज्य हासिल गर्न विद्यमान दलाल पुँजीवादी, एकल जातीय, भ्रष्ट निर्वाचन प्रणाली खारेज गरि स्वस्थ प्रतिस्पर्धात्मक समाजवादका लागि समाजवादी लोकतान्त्रिक निर्वाचन प्रणाली स्थापनाको जोड्दार माग गर्दछौँ। तदनुसार वर्गीय (मजदुर, किसान, पुँजीपति), लैंगिक एवं जातजातीय जनसंख्याको पूर्ण समानुपातमा प्रतिनिधि निर्वाचन सुनिश्चितता स्वतः स्पष्ट छ।

३. दश जोड एकमा पुग्न अगाडि कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम जस्ता प्रदेश नाम खारेजद्वारा पहिचानजन्य पुनः नामाङ्कन आन्दोलन सुदृढीकरणका बलमा समानान्तर सत्ता अभ्यास गर्दै वास्तविक संघीय गणतन्त्र कार्यान्वयन गर्न सकिन्छ।

४. दुई छिमेकी प्राथमिकताको अन्तर्निर्भर राष्ट्रिय अर्थतन्त्रमा जोड दिदै सबै खाले बाह्य हस्तक्षेपहरु विरुद्ध नेपालको सार्वभौमसत्ता र अखण्डता सुदृढीकरणका निमित्त बहुराष्ट्रिय/बहुसांस्कृतिक राज्य संरचनामा आधारित सहभागितामूलक देशभक्त समाजवादी लोकतन्त्रको कार्यदिशामा ध्रुवीकरण बढाउदै समग्र देश जिम्मा लिने राजनीतिक शक्ति निर्माणवारे समझदारी व्यक्त गर्दछौं।

५. बर्तमान एकल जातीय राज्यलाई बहुजातीय राज्यमा रुपान्तरण गर्न, जात ब्यबस्था अन्त्य गर्न, लैङ्गिक समानता स्थापना गर्न तथा धर्मनिरपेक्ष राज्य, लोकतन्त्र र गणतन्त्रको रक्षा गर्दै संस्थागत गर्न पहिचानवादीहरुको एकत्रित राष्ट्रिय शक्ति निर्माण गर्न जरुरत भएकोले हामी सहकार्य र मोर्चाबन्दीमा जुटेका हौं। इलाम-२ उपनिर्वाचनको परिमार्जित सुत्रमा आधारित सहकार्य र मोर्चाबन्दीले बिस्तार भएको पहिचानको आन्दोलनलाई अझ सशक्त बनाउदै चलिरहेको र प्रस्तावित विभिन्न आन्दोलनहरु र चुनावहरुमा थप सकारात्मक प्रतिफल दिने भएकोले सम्पूर्ण पहिचानवादीहरुलाई छलफल र बिमर्श गर्दै एकीकृत राष्ट्रिय शक्ति निर्माणको महान ऐतिहासिक कार्यमा गोलबन्द हुन हार्दिक आव्हान पनि गर्दछौं।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित