व्यवस्थापन संकायको सिफ्ट बिहानी समयमा परिवर्तन गर्न विद्यार्थी युनियनको पन्ध्र दिने अल्टिमेटम

व्यवस्थापन संकायको सिफ्ट बिहानी समयमा परिवर्तन गर्न विद्यार्थी युनियनको पन्ध्र दिने अल्टिमेटम
धरान । महेन्द्र बहुमुखी क्याम्पस धरानका विद्यार्थी युनियनले व्यवस्थापन संकायको अध्यापन समय बिहानी समयमा माग गर्दै क्याम्पस प्रशासनलाई पन्ध्र दिने अल्टिमेटम दिएको छ ।

महेन्द्र बहुमुखी क्याम्पसमा रहेका विभिन्न विद्यार्थी संगठनहरुको सोमबार बसेको संयुक्त बैठकले व्यवस्थापन संकाय (वि.वि.एस.) को पठनपाठनलाई बिहानीको सिफ्टमा परिवर्तन गर्न माग गर्ने निर्णय गरेको छ । युनियनको निर्णय प्रेस बिज्ञप्ति मार्फत सार्वजनिक गर्दै महेन्द्र वहुमुखी क्याम्पस धरानमा विगत वर्ष देखि नै व्यवस्थापन संकाय (वि.वि.एस.) को पठनपाठन विहान ११ बजे देखी अपराहन्नको ३ बजेको समयमा भईरहेको जनाएको छ । उक्त समय आत्म निर्भरताका लागि समय व्यतित गर्नु पर्ने भएकाले भर्ना भएका आधा जस्तो विद्यार्थी परिक्षामा मात्र सामेल हुने र समय व्यवस्थापनकै लागि बाहिरबाट आउने विद्यार्थीहरु र स्थानिय विद्यार्थीहरुद्वारा महँगी शुल्क तिरि अन्यत्र जान वाध्य भैरहेको उल्लेख छ । त्यहि भएर वि.वि.एस. का विद्यार्थीहरुका लागि समय परिवर्तन गरेर विहानको समय बनाउन माग गरिरहेको जनाएको छ ।

जसका लागी हाल क्याम्पसको स्रोत साधन तथा जनशक्ति समेत पर्याप्त भएको भन्दै विहानिको सिफ्टमा ६ वजे देखि विहान ११ बजेसम्म पठनपाठन सञ्चालन गर्न जोडदार माग गर्दछ भनिएको छ । युनियनको यो माग १५ दिन भित्रको अल्टिमेटम दिएको छ । अन्यथा यसवाट आईपर्ने सम्पुर्ण क्षतिको जिम्मा स्वयम क्याम्पस प्रशासन हुनुपर्ने चेतावनी बिज्ञप्तिमा दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित