संखुवासभा । भोटखोला गाउँपालिका वडा नम्बर २ मा आर्थिक वर्ष २०८०/८१ कै बजेट फरफराक नभएको अवस्था आगामी आर्थिक वर्ष २०८१/८२ को लागि ११ लाख रुपैया बजेट छुट्याउन वडाको जनप्रतिनिधि लागि परेको छ ।
वडाको योजना छनोट तथा प्राथमिकिकरण गर्न भोटखोला २ नम्बर वडा कार्यालय च्याम्ताङमा भएको भेलामा स्थानीयले यस अघि कृषि मार्ग च्याम्ताङ रिदाक तालाखर्कको लागि १५ लाख छुट्याईसकेको भन्दै त्यसको काम सम्पन्न समेत नभएको अवस्थामा थप ११ लाख छुट्याउन नहुने भन्दै असहमति जनाएका थिए ।
स्थानीय धेन्डुक भोटेले जानकारी दिए अनुसार वडा नम्बर २ का चेपुवा,गुम्बा,च्याम्ताङ मात्र नभै रिदाकको वासिन्दाले समेत कृषी मार्गको लागि बजेट छुट्यान नमानि त्यसलाई शिर्षक परिवर्तन गर्न माग गरेको जानकारी दिए । उनले जनप्रतिनिधिलाई अलग्गै कोठामा राखेर विश्वस्त पार्न खोजिए पनि वडा अध्यक्ष सदस्य नमानेको बताए । कलबको तर्फबाट सहित स्थानीयले ८ बुँदा राख्दै असहमति जनाएको कुरा धेन्डुकले जनाकारी दिए । स्थानीय क्लबका अध्यक्ष समेत रहेका ताम्रीङ भेटेले च्याम्ताङमा खेल मैदानका लागि शिर्षक परिवर्तनको माग गर्दा वडा अध्यक्ष जिप्पा तेन्जिङ सदस्ययहरु कृषि मार्गको लागि जसरी पनि ११ लाख छुट्याउनेमा लागिपरेको आरोप लगाए । उनले असहमति भए लिखित रुपमा आउन भनेको भन्दै क्लबको नामबाट लिखित रुपमा असहमति जनाउदा पनि बेवास्ता गरेको जानकारी दिए । च्याम्ताङको मात्र असहमति नभै स्वयं रिदाकको वासिन्दाले समेत कृषी मार्गमा बजेट छुट्याउन नहुने माग गरेको बताए । रिदाकबाट आएका प्रतिनिधिले त्यहिको नाम्दुङ गुम्बाको लागि शिर्षक परिवर्तन गरेर बजेट मागेको बताए । रिदाकको प्रतिनिधिको कुरालाई उदृत गर्दै तामृङले बताए कि ११ लाखले हिक्च्युमा पुलसम्म नहुने भनिएको बताए । ताम्रीङका अनुसार रिदाकको लागि सडक लानुपर्ने भए छुमसुर भएर लगेमा उपयुक्त हुने भएको रुदाकबाट आएका प्रतिनिधिको माग भएको बताए । ताम्रीङका अनुसार कृषी मार्गको लागि यस अघि पनि रातारात अरुको किर्ते हस्ताक्षर गरेर उपभोक्ता समिति बनेको दाबि गरे । उनले अनुपयुक्त ठाउँमा लगानि गरेको भन्दै हाईड्रोपावर्संग मिलेमतोको आरोप लगाए ।
यस बिषयमा वडा अध्यक्ष जिप्पा तेन्जिङ भोटेसंग फोनमा कुरा गर्दा स्थानीय संचालन ऐन अनुसार प्रस्तावित गरेको भन्दै सो कुरा गाउँ सभा लाने बताए । जुन बजेट रिदाक गाउँका वासिन्दालाई सोधेर मात्र हालिने जानकारी दिए । जबर्जस्त लाग्न खोजिएको भन्ने कुरा नभएको भन्दै पत्रकारिता गर्न धरान नबसि च्याम्ताङ आउन चुनौती दिए । त्यसपछि पटकपटक फोन गर्दा पनि स्थानीयको आरोपहरु राख्न सुनाउन सकिएन ।
यस विषयमा भोटखोला गाउँपालिकाका उपाध्यक्ष (उपप्रमुख) सहना लामासंग बुझ्न खोज्दा यस आर्थिक वर्षमा विनियोजन भएको १५ लाखको योजनामा पनि १६/१७ वटा मुद्दा परेको बताए । १५ लाखमा समेत मुद्दा परेको सम्झौता समेत नगरेको नभैसकेको अवस्थामा आगामी आर्थिक वर्ष २०८१/८२ को लागि ११ लाख रुपैया विनियोजन गर्नु उपयुक्त नहुने स्पष्ट पारे । उपाध्यक्ष सहाना लामाले आफु पनि कृषि मार्गको लागि ११ लाख विनियोजन हुनुहुदैन भन्ने पक्षमा रहेको भन्दै वडा अध्यक्ष जिप्पा तेन्जिङ र सदस्यहरु लागिपरेको स्पष्ट पारे । उपाध्यक्षले तीन तीन वटा हाईड्रोपावर भएको भन्दै त्यसलाई काम गर्न दिन छोडेर वडाको पैसाले हाईड्रोको काम गर्न लागेको आरोप लगाउदै त्यसको जिम्मेवार वडा अध्यक्ष हुने दाबि गरे । वडा अध्यक्षले जबर्जस्ती नै लगाउन खोजेको उपाध्यक्षले स्पष्ट पारे । नत्र भने वडाको बजेटले तालेखर्कसम्म लान नसक्ने स्पष्ट पारे । उपाध्यक्षले रिदाकको लागि सडक लान किमाथांका अरुनको प्रोजेक्टले पक्की पुल सहित बनाईदिने र छुमसुरबाट उपयुक्त हुने बताए । १५ लाखको लागि अहिलेसम्म सम्झौता नभएको उल्टै कर्मचारीलाई समेत कुट्न आएको भन्दै असम्भव भएको क्षेत्र बजेट लगाउन खोजेको उपाध्यक्षले स्पष्ट पारे ।

भोटखोला गाउँपालिकाका अध्यक्ष (प्रमुख ) वाङछेदर लामा आगामी आर्थिक वर्ष २०८१/८२ को लागि बाजेको सिलिङ दिएर वडाको योजना छनोट प्राथमिकिकरण गर्न निर्देशन दिएको बताए । जनप्रतिनिधिले टोलको कुरा सुन्नुपर्ने भन्दै जनप्रतिनिधि सर्वेसर्वा हुनुपर्छ भन्ने नभएको बताए । अध्यक्षले आफु थप बजेट माग गर्न प्रदेश सरकारको झरेको भन्दै सबै जानकारी नभएको योजना तथा अनुगमनको जिम्मा उपाध्यक्षको रहेको बताए । उनले वडावासिको बिमतिको बाबजुद योजना ल्याउनु सान्दर्भिक नभएको बताए । यस अघि पनि च्याम्ताङ तालेखर्क कृषि मार्ग विवाद भएको भन्दै त्यो १५ समेत फरफराक नभएको बताए । उक्त मार्ग बनाउन सहमति दिने पनि आएको र असहमति छ भन्नेहरु पनि आएको बताए । तत्काल हाइड्रो कार्यान्वयन नभैरहेको अवस्थामा पछि हाईड्रोले त्यो बाटो उपयोग गरेको खण्डमा क्षतिपूर्ति दिने कुराको सहमति उपाध्यक्ष मार्फत भएको स्पष्ट पारे । वडाले पनि विवाद रहितको काम गर्ने भन्दै लेटरप्यडमा प्रतिबद्धता जनाएको बताए । हाईड्रोसंग जोडेर जनप्रतिनिधि मुछिएको विषयमा प्रश्न गर्दा लान्छना आउने लगाउने भन्दै पाकिकाले वडाको बजेट कार्यान्वयन गर्ने कर्तव्य भएको बताए । अध्यक्षले रिदाकको लागि च्याम्ताङ कृषि मार्ग वास्तविक उपयुक्त नभएको स्पष्ट पारे । त्यसको सट्टामा छुमसुरबाट लान सकिने भनेर आफ्नै कार्यालयमा रिदाकको स्थानीयलाई सुझाएको स्पष्ट पारे । च्याम्ताङदेखि तालाखर्कको कृषि मार्गको लागि पालिकाको एक वर्षको बजेट लगाउदा पनि संभावना नभएको कुरा अध्यक्ष वाङछेदर लामाले स्पष्ट पारे ।
Discussion about this post