गाई फर्म आगलागी पीडितलाई आर्थिक सहयोग

जेठ १९,इटहरी । ड्राइभिङ स्कुल संघ  नेपाल प्रदेश १ ले गाई फर्ममा आगलागी भई ठूलो क्षति व्यहोरेका इटहरी ११ का डम्बरप्रसाद सुवेदीलाई २२ हजार रुपैयाँ नगद आर्थिक सहयोग गरेको छ।

नहुने बेलामा केही गर्दा पनि हुँदैन भनेझैँ साविक इटहरी उपमहानगरपालिका वार्ड नं ९ हाल इटहरी ११ भूसकलुवा बस्ने डम्बरप्रसाद सुवेदीले जीवन निर्वाह गर्न के चाहिँ गरेनन् च्याउ खेती गरी घाटा ब्यहोरे,पसल चलाए उधारोमा डुबे, कुखुरा पालन गरे महामारीमा परे,स्वदेशमै केही गर्नैपर्छ भनेर मरिहत्ते गर्न नछाडेका डम्बरप्रसाद सुवेदीको अनुहारमा खुसी देखिन छाडेको निकै भएको थियो।
केही समयपछि गाई फर्म सञ्चालन गरेर निकै नाफामा चलिरहँदा उनको अनुहारमा खुशीको रेखा देखिन के थालेको थियो  २०८१ साल जेठ ५ गते  उक्त खुसी नराम्ररी खोस्यो। बिहान ८:३० बजे गोठमा बाँधिरहेका करिब १४ लाख बराबरका नौ वटा गाई, ११ लाख बराबरको गाईको गोठ, गाईको लागि स्टोर गरेर राखेको पराल र कुँडो लगायत करिब १ लाख ५० हजारका सामग्री, पानी तान्ने पम्प र पराल काट्ने मेसिन लगायतका करिब ३० लाख रुपैयाँको क्षति मात्रै भएन बाँधेकै ठाउँमा तड्पी तड्पी मर्नु परेका गाई सम्झेर जो कोहीको मन भक्कानिन्छ।

सबैले डम्बरप्रसाद सुवेदी र उनको श्रीमतीका जलिरहेको मनमा मल्हमपट्टी लगाउन आफूले सकेको सहयोग गरिरहेका छन्। त्यसमा ड्राइभिङ स्कुल संघ नेपाल प्रदेश १ को टोली घटनास्थलमा गई आर्थिक सहयोग गरेको हो। उक्त आर्थिक सहयोगमा कार्यक्रममा बोल्दै ड्राइभिङ स्कुल संघ नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोपाल प्रसाद घिमिरेले उक्त घटनाप्रति दुःख व्यक्त गर्दै सबैसँग सहयोगको अपिल गर्नुभयो। त्यसैगरी यो घटनाप्रति अत्यन्तै दुःख महसुस गरी हरेक तह र तप्कामा सहयोगको हात बढाउनु हुने ११ नम्बर वडा अध्यक्ष केशवप्रसाद कोइरालाप्रति आभारी रहेको बताउनुभयो।

उक्त कार्यक्रममा ११ नम्बर वडाध्यक्ष केशव प्रसाद कोइराला ड्राइभिङ स्कुल संघ नेपालका केन्द्रीय सदस्य अनन्त घिमिरे , ड्राईभिङ्ग स्कुल संघ प्रदेश १ अध्यक्ष बाबुराम प्रधान, सुनसरी मोरङ अध्यक्ष शिव श्रेष्ठ, सदस्य भूपेन्द्र थापा ,विक्रम बुढाथोकी, मीन खवास र संयोजक योगेन्द्र पोखरेल लगायतको उपस्थिति थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित