दिपेश रोक्का / काठमाडौ
काठमाडौ । नेपाली चलचित्र ´ गाउँ आएको बाटो ` को फिल्मको अर्थपूर्ण ट्रेलर सार्वजनिक भएको छ । बिहिबार आयोजित पत्रकार सम्मेलनमा फिल्मको वास्तविक कथा विषय बस्तु सार्वजनिक गरिएको छ ।
ट्रेलरको सुरुवात बुबा छोराको चित्रणबाट सुरु भएको छ । भोजपुरको राई परिवारको खुसी त्यतिबेला संकटमा पर्छ, जतिबेला गाउँमा मोटर आइपुग्छ । मोटरसँगै आउने लाहुरे, उनीहरुले ल्याउने उपहार र त्यसले यो आदिवासी परिवारमा आउने उतारचढावको कथा ट्रेलरले पेश गर्छ ।
नविन सुब्बा निर्देशित यो फिल्म विभिन्न मुलुकका अन्र्तराष्ट्रिय स्तरका फेस्टिभलमा सहभागी भएर नेपालमा प्रर्दशनमा आउँन लागेको हो । टिजर सार्वजनिक हुँदा फेस्टिभल मुडको फिल्म देखिएपनि ट्रेलरको कमर्षियल कटिङले यो फिल्मको व्यापारिक सम्भावना उच्च बढाईदिएको हो ।
आउँने जेठ २५ गते रिलिज हुने यो फिल्मबाट दयाहाङ राईले बक्स अफिसमा फेरी बाजी मार्न सक्ने सम्भावना देखाएका छन । फिल्ममा दयाको श्रीमती बनेर पशुपति राईले पनि सर्वोत्कृष्ट प्रस्तुती दिएको देखिन्छ भने छोराको भूमिकमा देखिएका बाल कलाकार प्रसन राईलेले सवैको ध्यान खिच्न सक्छन । आमोद राईको मुख्य लगानी रहेको फिल्ममा निर्देशक नविन सुब्बाको मेन्छायम पिक्चर्स संग रामबाबु गुरुङको व्यानर बाँसुरी फिल्मसले पनि सहकार्य गरेको छ ।
Discussion about this post