दिपेश रोक्का / कानेपोखरी
कानेपोखरी , १७ जेठ । मोरङको कानेपोखरी ६ मा रहेको आदर्श समाज कानेपोखरीको आयोजनामा ७ दिने लागू लौषध सचेतनामुलक कार्यक्रम बुधबार सम्पन्न भएको छ । कानेपोखरी गाउँपालिकाको नीति कार्यक्रम तथा बजेट अन्तर्गत तथा रमाइलो प्रहरी चौकीको सहकार्य कार्यक्रम सम्पन्न भएको हो ।
आदर्श समाज कानेपोखरी गाउँपालिक भरीका सम्पुर्ण १ देखि ७ वडा भरिका स्कुलहरुमा लागू औषध सचेतनामुलक कार्यक्रमको आयोजना गरेको थियो ।
आदर्श समाजले कानेपोखरीमा भएका सामाजिक विषय बस्तुमा केन्द्रित भएर विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गर्दै आएको छ । आदर्श समाज कानेपोखरी सामाजिक संस्था रहेको छ ।
समाजमा कुनै पनि ब्याक्ती नसामा फस्नु हुदैन तथा समाजलाई लागू औषध मुक्त बनाउन यश कार्यक्रमको आयोजना गरिएको आर्दश समाज कानेपोखरीका अध्यक्ष प्रकाश कोइरालाले बताए । आदर्श समाज कानेपोखरीले पहिलो दिन जनसेवा माबीको सभा हलमा कार्यक्रम सुरु गरेको थियो । कानेपोखरी ४ स्थित श्री पिनाकल ज्ञान मन्दिर , कानेपोखरी १ स्थित श्री माबी होक्लाबारी ,कानेपोखरी ७ स्थित जनकल्याण माबी , कानेपोखरी २ स्थित राधाकृष्ण मन्दीर , कानेपोखरी ३ स्थित श्री शिक्षा सदन हरकपुर , कानेपोखरी ५ स्थित श्री सिंहदेबि माध्यमिक विधालयको प्राङ्गणमा आदर्श समाज कानेपोखरीले कार्यक्रम समापन गरेको थियो ।
कार्यक्रम समापन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि कानेपोखरी गाउँपालिकाका अध्यक्ष राजमती इङनामले लागू औषध यस्तो विषय हो समाजमा अहिले युवा हरु नशामा लागीरहेका छन , लागू औषध सेवनले गर्दा समाजमा नकारात्मक असर पर्दै गएको छ तथा लागू औषध पुर्ण रुपमा कानेपोखरीमा न्यूनीकरण गर्न कानेपोखरी गाउँपालिकाले अझ थप बजेट पेश गरि यशलाई कानेपोखरी गाउँपालिका न्यूनीकरण गर्न लाग्ने बताईन । कार्यक्रम सम्पन्न समारोहमा कानेपोखरी १ का वडा अध्यक्ष रत्न बहादुर कार्की , कानेपोखरी २ का वडा अध्यक्ष सुशील बुढाथोकी , कानेपोखरी ४ का वडा अध्यक्ष रमेश राउत , कानेपोखरी ५ का वडा अध्यक्ष चरण गुरुङ , कानेपोखरी का कार्यवाहक वडा अध्यक्ष पदमा कार्की , कानेपोखरी अस्पताल स्वास्थ शाखा प्रमुख रोहिन्द्र राज भण्डारी , नेपाली काङ्ग्रेस कानेपोखरी सभापति योगेन्द्र दाहाल , कानेपोखरी राप्रपा अध्यक्ष तिर्थ गुरुङ , नेपाली काङ्ग्रेस कानेपोखरी कोषाध्यक्ष सुर्य लिम्बू , कार्यक्रमको प्रमुख प्रशिक्षक किशोर कुमार मगर , सिंह देबि माबीका प्रधानाध्यापक धर्म थापा , लगायत समाजसेवि व्यक्ती तथा शिक्षक , प्रहरी , पत्रकारहरुको उपस्थित रहेको थियो ।
कार्यक्रम सञ्चालन उपसमिति संयोजक उपेन्द्र पौडेल गरेका थिए । कार्यक्रमको स्वागत मन्तव्य कार्यक्रम संयोजक दिपक फुयलले राखेका थिए ।
Discussion about this post