याक्खालेन स्थापनाको लागि संविधान कार्यान्वयन गर्न अदालतसम्म जाने(भिडियो सहित )

 

धरान । आदिवासी भुमिपुत्र याक्खा समुदायको थातथलो याक्खालेन स्थापनाको मुद्दा बोकेर किरात याक्खा छुम्मा प्रदेश १ को सम्मेलन असार १ र २ गते धनकुटामा हुने भएको छ ।

सम्मेलन बारे बुधबार धरानमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । पत्रकार सम्मेलनमा नेपालको संविधानमा स्वायत्त क्षेत्र,संरक्षित क्षेत्र उल्लेख भए पनि हालसम्म कार्यान्वयन नगरेको भन्दै याक्खा समुदायको थातथलो याक्खालेन स्वायत्त क्षेत्र स्थापना गर्नको लागि अदालतसम्म जाने बताए ।

याक्खा छुम्माको प्रथम सम्मेलन “याक्खा पहिचान र स्वयत्तता, संरक्षित क्षेत्र आजको आवश्यकता भन्ने उदघोषका साथ धनकुटामा हुन्व जानकारी दिए । अपिलमा किरात याक्खा छुम्माले आफ्‌नो अधिकारको लागि २०५२ सालबाट सक्रियपू‌र्वक कार्य गरिएको उल्लेख छ । राज्यको पुर्नसंरचना संगै यस संस्थाको पनि राज्यको संरचनागत ढांचा अनुरुप प्रदेश नं १ को ऐतिहासिक प्रथम सम्मेलनको लागि याक्खा समुदाय जुटिरहेको बताए । सबै पहिचान बादी प्रदेश नामङ्कनको विषयमा असहमत जनाउदै चरणवद्ध आन्दोलहरु गरीरहेको सबैमा सर्वविधितै छ। याक्खा छुम्माको संस्थागत धारणा पनि सार्वजनिक भै सकेको स्मरण गराएको छ । अपिलमा कोशी प्रदेशको नाममा हाम्रो असहमति रहेको भनिएको छ । तर अन्य प्रस्तावित नामका बारेमा भने केन्द्रीय समितिको निर्णय रहने धारणा उल्लेख छ। प्रदेश नं १ को सम्मेलन विभिन्न कोणवाट ऐतिहासिक हुने यस संस्थाको दृष्टीकोण रहेको जनाएको छ। प्रदेश नं १ को ८ जिल्लमा बढि संख्यमा वसोवास रहेको याक्खा छुम्मा राष्ट्रिय जनगणना २०७८ सालको तथ्याङक मिथ्याङक भएको ठहर गरेको छ । याक्खा छुम्माले आन्तरीक जनगणनामा समेत जुटेकी पत्रकार सम्मेलन मार्फत जानकारी गराए । प्रदेश नं १ लाई आधार भूमि याक्खा समुदाय आफनो भाषा संस्कार संस्कृति र राज्यल नै कबुल गरेको अधिकार प्राप्त गर्ने शसक्त समिति गठनको तयारी रहेको खुलासा गरे ।
इतिहासका कालखण्डहरुमा जीवन उत्सर्ग गर्ने समुदायलाई राज्यले देखेकै छैन महसुस गरेको छैन भन्ने पनि ठहर दाबि छ । अपिलमा हामीमा हाम्रो थाकथलोको नामाङकन लगायतका प्रमाणले ऐतिहासिक रुपमा याक्खाहरु यो मूलुककै पहिलो आदिवासि भुमिपुत्र भएपनि राज्यकोतर्फवाट सम्बोधन नभएको कारण राज्यको कानमा हाम्रो आबाज पुर्‍याउन देश प्रदेशमा रहनुहुने याक्खा याक्खामा र अन्यायका विरुद्धमा लाग्नुहुने सम्पूर्ण अधिकारकर्मी, मानवअधिकारवादी सञ्चारकर्मी सबैमा पत्रकार सम्मेलन मार्फत सहयोगको अपिल गर्दछौ भनिएको छ ।

पत्रकार सम्मेलन किरात याख्खा छुम्मा केन्द्रिय वरिष्ठ उपाध्यक्ष तथा प्रदेश इन्चार्ज अन्जली ताम्लिको अध्यक्षतामा भएको हो । सदस्य सचिव सोमा लिम्बुखिम सचिव हेमराज याक्खा गीता याक्खा,लहरु जिमि लगायतका सहभागी रहेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित