पेम्बा शेर्पा
धरान । नेपाली काङ्ग्रेस निकट पत्रकार संगठन प्रेस युनियनले नेपाल पत्रकार महासंघ सुनसरी कार्यालय धरानमा तालाबन्दी गरेको छ ।
नेपाल पत्रकार महासंघको निर्वाचन नजिकिदै गर्दा सुद्धिकरणको नाममा काङ्ग्रेस निकटका पत्रकारको नामावली कटौती गरेको भन्दै बुधबार तालाबन्दी गरेको छ ।महासंघ जिल्ला शाखा कार्यालयमा नेपाली कांग्रेस आबद्ध प्रेस युनियन नेपाल सुनसरी जिल्ला सचीव बाबुराम कार्कीको नेतृत्वमा युनियनका कोषाध्यक्ष मातृका नेपाल , सदस्य पत्रकार लगायतको उपस्थितिमा ताला लगाएको हो । नेपाल पत्रकार महासंघको निर्वाचन यही २०८१ जेठ २६ गते हुन लागेकोमा सदस्यता सूचीमा रातारात गैरपत्रकारका नाम थप्दै सुद्धिकरण गरेको ,सदस्यता शुद्धीकरणका क्रममा आएका उजुरीको अध्ययन गरी न्यायोचित रूपमा सदस्यता नामावली तयार पार्ने कार्यदलले गत जेठ ८ गते टुङ्गो लगाएका नाममा रातारात हेरफेर गर्दै विभिन्न जिल्ला शाखा र प्रदेशबाट सिफारिस नै नभएका नाम हाल्ने काम भएकोले प्रेस युनियन नेपालले आफ्नो र महासंघ सुनसरी शाखाद्वारा सिफारिस गरिएको सदस्यहरु पुनः कायम गर्नु पर्ने माग सहित तालाबन्दी गरिएको छ ।
Discussion about this post