कोरोनाको लकडाउनपछि किमाथांका नाका खुल्यो,४३ जना व्यापारी डेन्दाङ पुगेर फर्के ( भिडियो सहित )

संखुवासभा । लामो प्रयासपछि संखुवासभा जिल्लाको उत्तरी चीन सिमामा रहेको किमाथांका नाका संचालनमा आएको छ ।

कोरोनाको बहाना बनाउदै बन्द गरिएको किमाथांका नाका कोरोना सकिसकेपछि पनि खुलाउन चाहेको थिएन । कोरोना भन्दा अगाडि पनि बिभिन्न बहानामा किमाथांका नाका खुल्दै बन्द हुँदै आएका थिए । विश्वमा कोभिड १९ संक्रमणको संत्रास भएपछि भने किमाथांका नाका पुर्ण रुपमा बन्द भएको हो ।

किमाथांका नाका बन्द भएपछि नेपालतर्फ किमाथांका,रिदाक,थुदाम साथै छिमेकी जिल्ला ताप्लेजुङतर्फ पनि प्रभाव परेको थियो । ताप्लेजुङ हुँदै ढिप्तल भञ्ज्याङ्बाट समेत नाका बन्द भएपछि ताप्लेजुङको उत्तरी सिमा नजिकका गाउँ प्रभावित भएका थिए ।

नाकाबन्दी भएपछि किमाथांकावासी काठमाडौ लगायतमा पलायन भएको छ । नाका नखुलेको खण्डमा किमाथांकावासी थप पलायन हुने अवस्थामा रहेको कुरा वडा अध्यक्ष नुर्पु च्यावाले बताए । त्यसैगरी भोटखोला गाउँपालिका २ को रिदाक र थुदामबासीहरु पनि क्रमिक रुपमा पलायन हुँदै आएको छ । पुर्णरुपमा नाका नखुलेको अवस्थामा थप पलायन हुने कुरा स्थानीयले बताए ।

किमाथांका नाका खुलेसंंगै आजसम्म ४३ जना व्यापारी डेन्दाङ नादाङ चांगा क्षेत्रमा व्यापार गर्न प्रवेश गरेको कुरा वडा अध्यक्ष च्याबाले जानकारी दिए । पहिलोपटक ४१ जना र दोस्रोपटक २ जना गरी ४३ जना चीनतर्फ गएर हिजो फर्किएको जानकारी दिए । नाका खुले पनि पुर्णरुपमा नखुलेको वडा अध्यक्षले जानकारी दिए । हाललाई किमाथांकाबासीलाई मात्र प्रवेश दिएको बताए । यस अघिको कार्डकै आधारमा प्रवेश गर्न दिएको बताए । पुर्णरुपमा खुल्न अझै एक हप्ता लाग्नसक्ने भन्दै माथिबाट निर्देशन न आएको भन्दै खुल्ला रुपमा प्रवेश गर्न नदिए वडा अध्यक्षले जानकारी दिए ।

भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ छेदर लामाले नाका खुलाउन सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरेको छ । संघीय सरकारको उपप्रधानमन्त्री एबम परराष्ट्र मन्त्री नारायाणकाजी श्रेष्ठको प्रमुख उपस्थितिमा कोशी प्रदेश सरकारको मुख्यमन्त्री हिक्मत कार्की सहित तिब्बत सरकारको विशिष्ट ब्यक्तित्वहरु र नेपाल स्थित चीन सरकारको राजदुतको उपस्थितिमा २०८१ साल जेठ १२ गते परम्परागत ब्यपारी नाका किमाथान्का र डेन्दाङ नाका औपचारिक रुपमा पुन: सुचारुको समुद्घाटन भएको बताए । स्थानिय सरकारको हैसियतले भोटखोला गाउपालिकाको तर्फबाट केन्द्रीय सरकार र कोशी प्रदेश सरकारलाई हार्दिक धन्यबाद एबम आभार ब्यक्त गर्दछु भएनिएको छ । उनले नाका खुलाउन प्रत्यक्ष रुपमा उच्च भुमिका निर्बाह गर्नु हुने किरण चापागाई, जिल्ला समन्व्य समिती प्रमुख सुमन शाक्य र पुर्ब प्रतिनिधि सभा सदस्य राजेन्द्र गौतमप्रति आभारी व्यक्त गरे । उनले सदनमा अवाज उठाइ नाका खुलाउन पहल गरेको भन्दै सांसद दिपक खड्का अनि पत्रकार तथा सम्पुर्ण राजनैतिक दललाई धन्यवाद दिएका थिए ।

किमाथांका नाका पुर्णरुपमा खुले चीनतर्फ व्यापार तथा रोजगारको अवसरमा मिल्नेछ । नेपालबाट जडिबुटी, हस्तकला,घ्यु,काठपात निर्यात हुने गर्दथे । चीनबाट खाद्यान्न लत्ताकपडा,मलखाद लगायतका सामान नेपाल आउने गरिएको छ । चीनको नाका बन्द भएपछि खाद्यान्नको संकट झेल्दै आएको छ । आम्दानीको श्रोत नहुँदा अधिकांश अन्यत्र पलायन भएको छ । यस अघि त्यस क्षेत्रमा खाद्य संकट हुँदा हेलिकप्टरबाट पुर्‍याएका थिए । यतिबेला सदरमुकाम खाँदबारीबाट ट्याक्टरमा च्याम्ताङ छुमसुरसम्म खाद्यान्न लगिरहेको छ । त्यसैगरी खच्चडबाट समेत खाद्यान्न तथा मलखाद लागिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित