काठमाडौँ —आगामी आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री वर्षमान पुनले आज संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गरेको हो । प्रस्तुत गरेको बजेट अनुसार चालु खर्च ११ खर्ब ४० अर्ब ६६ करोड (६१.३१ प्रतिशत) हुनेछ । पुँजीगत खर्च ३ खर्ब ५२ अर्ब जनाएको छ । जसको वित्त व्यवस्थापनमा ३ खर्ब ६७ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।
संयुक्त सरकारले धरानको खानेपानी समस्या समाधान गर्न बजेट विनियोजन गर्नेमा अपेक्षा गरिएको थियो । यो सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि खानेपानी तथा सरफाई क्षेत्रमा २६ अर्ब ६३ करोड बजेट विनियोजन गरेको छ।
बजेट बढेर आउनुपर्नेमा घटेर आएको छ । अर्थमन्त्री वर्षमान पुनले खानेपानीमा चालु आर्थिक वर्षको भन्दा करिब साढे एक अर्ब रुपैयाँ बजेट घटाएको घोषणा गरेका हुन्। चालु आर्थिक वर्ष खानेपानी र सरसफाइ क्षेत्रमा सरकारले २८ अर्ब १६ करोड रहेको थियो। खानेपानीबाट थप ४ लाख ४५ हजार जनता लाभान्वित हुने दाबी अर्थमन्त्रीले गरेको छ । मन्त्रीले सरसफाइ तथा स्वच्छता कार्यक्रम सञ्चालन गर्ने, ‘एक घर एक धारा’ को लक्ष्य प्राप्त गर्ने गरी खानेपानी आयोजना तथा कार्यक्रम सञ्चालन गरिने बजेटमा उल्लेख छ । दिसाजन्य लेदो प्रशोधन गर्ने, फोहोर पानी प्रशोधन केन्द्रहरू निर्माण गर्ने चालु आर्थिक वर्षमा घोषणा भएर प्रभावकारी कार्यान्वयन नभएका कार्यक्रम अघि सारेको उल्लेख छ ।
खानेपानी तथा सरसफाइ तर्फ सन् २०३० सम्म स्वच्छ खानेपानीमा सबैको पहुँच पुर्याउने गरी सेवा विस्तार गरिने उल्लेख छ । प्रदेश र स्थानीय तहको समन्वय तथा सहकार्यमा एक घर एक धारा अभियानलाई निरन्तरता दिइने जनाएको छ ।
मेलम्ची खानेपानी आयोजनालाई दिगो रूपमासञ्चालन गर्न इन्टेकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने प्रक्रिया अघि बढाइने जनाएको छ । सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको क्षमता विस्तार गरिनेछ । मेलम्ची खानेपानी आयोजनाबाट स्वयम्भु, ताहाचल, बालुवाटार, विशालनगर, पानीपोखरी, मण्डिखाटार र चावहिल क्षेत्रका ६ सय ४५ किलोमिटर पाइपलाइनको परीक्षण सम्पन्न गरी खानेपानी वितरण गरिने जनाएको छ। काठमाडौँ उपत्यकाको चक्रपथ बाहिरको स्थानमा खानेपानी वितरण प्रणाली विस्तारको कार्य अघि बढाइने जनाएको छ। मेलम्ची खानेपानी आयोजनालाई रु. ५० करोड बजेट छुट्याएको छ।
सुनकोशी-मरिन तथा सुनकोशी-कमलाबाट मधेश प्रदेशका आठ जिल्ला, नारायणी नदीबाट चितवन, भेरी बबईबाट कोहलपुर र नेपालगञ्ज लगायतका स्थानमा थोक वितरण प्रणालीबाट पानी आपूर्ति गर्न सम्भाव्यता अध्ययनगरिने योजना छ। भक्तपुरको महादेव खोला तथा गुल्मीको कंके देउरालीमा जलाशययुक्त खानेपानी आयोजनाको निर्माण कार्य अगाडि बढाइने जनाएको छ ।
सैंतीस करोड लिटर फोहोरपानी प्रशोधन क्षमताको धोबिघाट प्रशोधन केन्द्रसञ्चालनमा ल्याइने उल्लेख छ। धोबिघाट, बालकुमारी र सल्लाघारीमा फोहोरपानी प्रशोधन केन्द्रको निर्माण कार्य शुरू गरिने । खोटाङको हलेसी र संखुवासभाको खाँदवारीमा खानेपानी र ढल निर्माण कार्य सुरू गरिने । मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा खानेपानी, सरसफाइ तथा स्वच्छता सुधारका कार्यक्रम सञ्चालन गरिने । यसको लागि आवश्यक बजेट विनियोजन गरेको जनाएको छ ।
बजेट भाषणमा आगामी आर्थिक वर्ष खानेपानी सुविधा विस्तारबाट थप ४ लाख ९५ हजार जनसंख्यालाभान्वित हुने अपेक्षा छ । खानेपानी मन्त्रालयका लागि रु.२६ अर्ब ६३ करोडविनियोजन गरेको बजेटमा उल्लेख छ ।
Discussion about this post