निमा पोङ्स्युवा
धरान । केहि दिनदेखि निक्कै गर्मि बढेको छ । गर्मिकै याममा उभौली साकेला पनि शुरु भएको छ । केहिदिन अघि पानी परेसंगै गर्मि ह्वात्तै बढेको छ ।
टन्टलापुर घाम लागेको थियो धरानमा तर तातो घामको कुनै प्रवाह छैन राई समुदायका युवा युवतिलाई । धरानको केन्द्रबिन्दु लोकतान्त्रिक चौतारीमा औपचारिक कार्यक्रम भैरहँदा घाम अधिक थियो । तर सोई ढोले सोइ भन्दै मजाले साकेला नाचिरहेका थिए । शुरूवात अर्थात पहिलो दिन बिजयपुर दरवार क्षेत्रमा व्यापक साकेला नाचेका थिए । उक्त दिन पनि अचाक्लि गर्मि थियो । तर आफ्नो चाड आफ्नो पहिचान भनेपछि मान्छेमा यत्तिको त्याग हुने रहेछ ।
नेपाली आदिवासी भुमिपुत्र किराती राई समुदायको अर्को मौलिक पेय पदार्थ जाँड पनि हो । चर्को घाम उफृने जोस उत्तिकै त्यसलाई तिर्खा मेटाउन मात्र होइन छनुवा जाँडले भोक पनि मेटाउने गरिन्छ । हो त्यहि छनुवा जाँड पेप्सि कोकको बोतलमा नोकेर पिइरहेको देखिन्छ । पछिल्लो समयमा आएर कोक फेन्टा रासायनिक पदार्थ मिसावट खाद्य पदार्थको बढ्दो उपयोग गरिदै आएको छ । तर नेपाली मुलबासि आदिवासी भुमिपुत्रको ज्ञान सीपबाट बनेको मर्चा लगाएर कोदो चामलबाट तयारी गरेको जाँड नै आखिर उत्तम हुन्छ । साकेलाको गर्मिमा त्यो झोलिलो पदार्थ सेवानले एकातिर भोक तिर्खा मेटाईन्छ भने अर्कोतिर यसले निशा दिएपछि थप उर्जाको पनि काम गर्ने गरिन्छ । जसको कारण साकेला नाच्नुमा टेवा मिलेको हुन्छ ।
सबैले छनुवा खाएको हुन्न यता भोक मेटाउन चाम्रे रोटि आलुदमका परिकार खाईरहेको देखिन्छ । विशेषगरि त वाचिपा नै हो किराती राई समुदायको अर्को परिकार । जस्लाई सर्वसाधारण भाषामा तिते पनि भनिन्छ । जुन लोकल कुखुरा काटेर त्यसको भुत्ला जलाई टाउको पखेटा खुट्टा लगायतको अंग मिसाएर बनाएको परिकारको स्वाद अनि ढिडोको त कुरै नगरौ ।
यसरी नै धरान मात्र नभएर नेपालभर अनि विश्वमा समेत छरेर रहेका किराती समुदाय तातो घाममा सोई ढोले सोई भन्दै थप तातिरहेका छन ।
Discussion about this post