विराटनगर । कोशी प्रदेशमा जारी ६ दिने चलचित्र महोत्सव एक भव्य समारोह विच शुक्रबार राती सम्पन्न भएको छ ।
‘विभिन्न जातजातीहरुको कथाहरुको उत्सव , कोशी चलचित्र महोत्सव’ भन्ने मुल नारा आयोजना गरिएको ६ दिने चलचित्र महोत्सव विराटनगरको सिटी प्यालेसमा एक भव्य समारोह विच सम्पन्न भएको हो ।
लामो समयदेखी सिने क्षेत्रमा योगदान पुर्याउने २ दर्जन बढी कलाकार, निर्मता , निर्देशक सिने पत्रकारलाई सम्मान र अवार्ड प्रदान गर्दै ६ दिने चलचित्र महोत्सव सकिएको हो ।
दीर्घ साधना सम्मानबाट लक्ष्मी नाथ शर्मा, साथै कोशी प्रदेशलाई फिल्म क्षेत्रमा विशेष योगदान पुर्याउने शिव श्रेष्ठ , मोहन निरौला, रविन्द्र खड्का, नविन सुब्बा, छविराज ओझा, रमेश बुढाथोकी , सुचित्रा श्रेष्ठलाई विशेष सम्मान सहित कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यसैगरी प्रादेशिक सम्माबाट सिने पत्रकार प्रेम देवान, गायक सुमित खड्का, श्रीकृष्ण लुईटेल, विरेन्द्र झा, फिल्मी क्षेत्रमा आवद्ध केशव रायमाझी, कुबेर शर्मा, चिरन्जीवी बस्नेत, सबुरलाल चौधरी, लाखमान योन्जन, विपिन प्रसाई, सुवास मेचेलाई सम्मान गरिएको थियो । सम्मानित हुने सबैेलाई कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लव अधिकारीले सम्मान गरेका थिए । त्यसैगरी कार्यक्रममा चलचित्र अवार्ड समेत प्रदान गरिएको थियो । कोशी प्रदेशमा रहेर लघु, वृत्त तथा कथानक चलचित्र निर्माण गर्ने टिमहरुलाई अवार्ड प्रदान गरीएकोे थियो । साथै कार्यक्रममा विविध सास्कृति कार्यक्रम समेत आयोजना गरिएको थियो । कार्यक्रममा फिल्म निर्देशक अरुण कुमार प्रधानले आफुले निर्माण गरेको १२ नेपाली एक चिहान फिल्म यसैबर्षको भदौ १४ अल नेपाल प्रदर्शनमा आउने घोषणा गरेका गरेका छन् ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको आयोजना तथा चलचित्रकर्मी महासंघ कोशी प्रदेशको व्यावस्थापनमा आयोजित महोत्सवमा अवधीमा झापा , सुनसरीको ईटहरी, झुम्का, मोरङको विराट चौक र विराटनगरमा ४ दर्जन बढी लघु , बृत्त, फिचर फिल्महरु निशुल्क प्रदर्शन गरिएको थियो । चलचित्र महोत्सवमा चलचित्र प्रदर्शनीसँगै सिने पर्यटन क्षेत्र, नेपाली चलचित्रमा महिलाको सहभागीता, अभिनय कार्यशाला लगायतका कार्यक्रम गरिएको चलचित्रकर्मी महासंघ कोशी प्रदेशका अध्यक्ष अरुणकुमार प्रधानले जानकारी दिनुभयो । कोशी प्रदेशको कला, सँस्कृति तथा मनमोहक स्थलहरुको जानकारी गराउने उदेस्यले आयोजना गरिएको चलचित्र महोत्सव गत जेठ ६ गतेबाट कोशी प्रदेशमा सुरु भएको थियो । झापाको विर्तामोडमा कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कुमार कार्कीले उद्ध्घाटन गरेको कार्यक्रम ६ दिनपछि विराटनगरमा आईपुगेर समापन गरिएको हो ।
Discussion about this post