धरान । जनता समाजवादी फुटेपछि उस्को लिम्बुवान राष्ट्रिय समितिका पदाधिकारी सहित पहिचानवादी मोर्चामा लागेपछि जनता समाजवादी पार्टी, नेपाल लिम्बुवान राष्ट्रिय समितिको पुनर्गठन गरिएको छ ।
जेष्ठ १२ गते धरान स्थित पार्टी कार्यालयमा पुनर्गठन गरिएको कुरा पार्टीले जानकारी दिए । पार्टीको राजनीतिक समिति सदस्य दिपक मेन्याङ्बोको प्रमुख आतिथ्यमा सम्पन्न भएको पुनर्गठन कार्यक्रमले मछिन्द्र बेघाको अध्यक्षतामा २९ सदस्सीय लिम्बुवान राष्ट्रिय समिति गठन गरिएको छ ।
उपाध्यक्ष ओम माया आङदेम्बे, मनी लुङगेलि मगर मुख्य सचिव सञ्जय मेवाहाङ राई, हेम राज जिमि सचिव सन्तोष कुरुम्बाङ,कोषाध्यक्ष रिता खापुङ लिम्बु कार्यकारिणी सदस्य, सुर्य तमु, नारायणमान गुरुङ टि. आर. आङदेम्बे,देउमान पंधाक,मोहन धिमाल, सोनिका आठपहरिया,सदस्य रोहित आङवो, हेम राज माङमु, कमल नेम्बाङ, विशेस्वर प्रशाद बेघा, मन माया आङदेम्बे, जकेन्द्र लावती, देउमान चेम्जोङ, खड्क लिम्बु खाम्बेक, प्रेम चन्द्र लेप्चा, किशोर चन्द्र इङनाम, जय सम्बाहाम्फे,गीता कुमारी याक्खा, घनेन्द्र जवेगु, फिपराज बेघा, मीन धिमाल, सरस्वती धिमाल, श्री प्रसाद धिमाल, फुल माया नेम्बाङ रहेका छन ।
लिम्बुवान राष्ट्रिय समिती ईञ्चार्ज प्रेम कुमार वानेमको अध्यक्षता भएको पुनर्गठन बैठक पार्टी राजनीतिक समिती सदस्य जयराम यादव साथै अतिथिहरुमा पार्टी प्रदेश १ अध्यक्ष दिपक याक्खा ,प्रदेश कार्यकारिणी सदस्य उपेन्द्र लावती प्रदेश सदस्य तेञ्जिङ शेर्पा रहेका थिए ।
Discussion about this post