अशोक राई पक्षको जसपा सुनसरी गठन

धरान । जनता समाजवादी पार्टीमा फुट आएपछि अहिले तिन धार बनेको अवस्थामा आ आफ्नो पक्षको समिति गठन बनाउन प्रतिस्पर्धा भैरहेको छ ।

यसैक्रममा जनता समाजवादी पार्टी नेपालबाट छुट्टिएर जनता समाजवादी जो अशोक राईको पक्षको संगठन बिस्तार गर्ने क्रम पुर्वमा जारी छ । उस्ले यस अघि धरान नगर समिति गठन गरिसकेको छ ।

आज मात्र जनता समाजवादी पार्टी (जसपा) को सुनसरी जिल्ला समिति गठन गरिएको छ । धरान १० स्थित यलम्बर स्मृति सङ्ग्रहालयमा आयोजित भेलाले रविन राईको अध्यक्षतामा २३ सदस्यीय जिल्ला समिति गठन गरेको कुरा जसपाले जनाएको छ । नव गठित समितिको उपाध्यक्षमा यलमहाङ्ग राई चयन भएका छन् । सचिवमा गुन्जमान माझी सह-सचिवमा सुमन राई र लक्ष्मी राई चुनिएका छन् । कोषाध्यक्षमा दुर्गा गुरुङ चयन भएका छन् । गुरुङ बराहक्षेत्र नगरपालिकाको कार्यपालिका सदस्य पनि हुन । सदस्यहरूमा जयमान साम्पाङ, सुरेन्द्र कुमार राजधामी,मनि राई, मनोज प्रधान, खगेन्द्र राई, सरन राई,मदन तामाङ्ग,हरि राई, रमेश राई, गणेश राई,खड्ग बहादुर राई, नवराज बान्तावा, अमित चन्द्रवंशी, धनराज राई, फुलमाया घिमिरे र अर्जुन राई चयन भएका छन् । गठित समितिको एक पद उपाध्यक्षका लागि खालि राखी नयाँ जिल्ला कार्य समिति घोषण गरीको छ ।

जसपाका केन्द्रीय उपाध्यक्ष रनध्वज कन्दङ्वाको प्रमुख आतिथ्य र १ न. प्रदेश पूर्व स्वास्थ्य मन्त्रि तथा निर्मला तावा लिम्बूको विशेष आतिथ्यमा आयोजित कार्यक्रममा प्रदेश १ समितिका पूर्व सचिव दुर्गा सुवेदी, किरात राष्ट्रिय समितिको उपाध्यक्ष विना पुमा, सदस्य केदार सोनाहाङ्ग लगायतको पनि उपस्थिति रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित