दिव्य रोशनी साप्ताहिक २० औं वर्षमा प्रवेश,मेयर भन्छ भिडियो खिच्न नदिनु प्रेस स्वतन्त्रता बिरोधी ( भिडियो फोटो)

 

धरान । धरानबाट विगत दुई दशकदेखि प्रकाशन हुँदैआएको दिव्यरोशनि साप्ताहिकले २० औ वार्षिक उत्सव मनाएको छ ।

धरान उपमहानगरपालिकाको सभाहलमा शुक्रबार भएको कार्यक्रममा एकजना समाजसेवी र तीनजना पत्रकारलाई सम्मान समेत गरेका थिए । सम्मानित हुनेमा होप धरानका निश्चल पलिखे रहेका छन । त्यसैगरी सम्मानित हुने पत्रकारहरुमा रोहितकुमार बस्नेत, स्नेहा श्रेष्ठ, शेखर योगी छन् । तीन जना पत्रकारलाई ५ हजार ५०५ रुपैयाँको दरले पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सञ्चारकर्मीहरूलाई कुनै पनि ठाउँमा समाचारको लागि भिडियो खिच्न रोक्नु प्रेस स्वतन्त्रता विरोधी भएको बताए । मेयर साङ्पाङले आफुलाई प्रेस स्वतन्त्रताको पक्षपाती रहेको दाबि गरे । मेयर साङ्पाङले वडा नम्बर २० मा दोस्रो कोखाको पानी ल्याउने अभियानको समयमा त्यहाको घटना नखिच्न भन्ने कुरालाई इङ्गित गर्दै यसरी मिडियाकर्मिलाई भिडियो खिच्न नदिनु प्रेस स्वतन्त्रता बिरोधि भएको बताए ।

कार्यक्रममा वरिष्ठ पत्रकार हर्ष सुब्बा, इलाका प्रहरीका डिएसपी मानबहादुर राई, महिला सञ्जाल अध्यक्ष सपना राई, वडा ४ का अध्यक्ष धनबहादुर राई, सम्मानित युवा समाजसेवी निश्चल पलिखेले पत्रिकाको निरन्तरताको शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित