काठमाडौ । भुमिपुत्र किराती समुदायको महान चाड उभौली साकेलाको कार्यक्रममा प्रदेश १ कोशी नाम राख्न सघाउने ८५ जनालाई प्रमुख अतिथि विषेश अतिथि अतिथि आमन्त्रण नगर्न परिपत्र जारी गरेको छ ।
किरात राई यायोक्खा केन्द्रिय समितिका अध्यक्ष जीवन हाताचो राईले जेठ ७ गते हस्ताक्षरीत परिपत्र जारी गर्दै कोशी नामाकरण गर्न हस्ताक्षर गर्ने ८२ सांसद र संयुक्त संघर्ष समितिको आन्दोलनलाई गालि गलौज गर्ने ३ जना सहित ८५ जनालाई आमन्त्रण नगर्न भनिएको छ ।
यायोक्खाको तल्लो निकाय सहित आबद्ध पदाधिकारी थरगत संस्था विदेशी संगठन तथा सम्बन्धन संस्था समेतलाई यस्तो खालको कडा निर्देशन सहितको परिपत्र जारी गरिएको छ ।
केन्द्रबाट जारी गरिएको परिपत्रमा प्रदेश १ को नाम डकैटी शैलीमा “कोशी” नामाकरण गर्नको लागी हस्ताक्षर गर्ने ८२ जना र प्रदेश नं. १ पुनः नामाकरण संयुक्त संघर्ष समितिको पहिचानको आन्दोलनलाई गाली गलौज गर्ने ३ जना गरी जम्मा ८५ जना संघीयता विरोधीहरुलाई कुनै पनि ढङबाट प्रमुख अतिथि, विशेष अतिथि, अतिथि लगायतका भूमिकामा कार्यक्रममा निमन्त्रणा नर्गन र नगराउन हुन सम्पूर्णमा सचेत गर्दै सोही अनुरोधका साथ यो परिपत्र गरिएको छ उल्लेख छ ।
यायोक्खा,चुम्लुङ लगायतका संस्थाले प्रदेश १ लाई कोशी नामाकरण गरेको भन्दै यस अघि वंश गद्दारको घोषणा समेत गरिसकेको छ । त्यसैगरी जिउदोमा नै उनिहरुको काजकिरिया समेत गरेर सामाजिक बहिष्कार गरिसकेको छ ।
Discussion about this post