आईयुडिपि प्रोजेक्टमा भ्रष्टाचारको आशंका भएकोले फाईल खोलिने

धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एशियाली बिकास बैंकको ऋणमा धरानको खानेपानी परियोजना सम्बन्धि भ्रष्टाचारको आशंका भएकोले त्यससम्बन्धी फाईल खोलिने बताए ।

मेयर साम्पाङले सोमबार प्रेस बिज्ञप्ति जारी गर्दै आर्थिक अनियमितता तथा भष्ट्रचार भएको शंका उत्पन्न गराउने भएकाले सम्बन्धित निकायलाई छानविनका लागि पत्रचार गरिने उल्लेख छ । जसका लागि एडिबि खानेपानी सम्बन्धी सम्पूर्ण फाईलहरु खोलिने समेत जानकारी गराउँदछु भनिएको छ ।

प्रेस विज्ञप्तिमा एशियाली विकास बैंकको ऋण लिएर संचालित IUDP खानेपानी आयोजनाले शर्त अनुसार पानी उत्पादन गर्न नसकेकोले धरानमा खानेपानीको अभाव खेपिरहेको जनाएको छ । धरानबासी जनताको माग अनुसार यस आयोजना असफल हुनुको कारण सोधेर पठाइएको पत्रको जवाफ नदिएको प्रति सबैलाई जानकारी गराएको उल्लेख छ । लोकतन्त्रमा जननिर्वाचित नगर प्रमुखले सोधेको पत्रको कुनै औचित्य छैन भनि पूर्व मेयर तिलक राई र पूर्व उपप्रमुख मञ्जु भण्डारी सुवेदीले सामाजिक संजालमा दिएको अभिव्यक्ति प्रति सम्बन्धित सबैको ध्यानाकर्षण गराउँदछु भनिएको छ ।

मेयरले बिज्ञप्तिमा निजहरुले लोकतन्त्र नै नमान्ने हुन त ? जनताले चुनेका प्रतिनिधिले आम जनसरोकारको विषयमा सोधेका प्रश्नको पूर्ण उत्तरदायी भई उत्तर नदिनुले आयोजनामा चरम लापरवाही, आर्थिक अनियमितता तथा भष्ट्रचार भएको शंका उत्पन्न गराउने भएको दाबि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित