आर्दश समाजद्वारा लागूऔषध सचेतना कार्यक्रम गर्‍यो

दिपेश रोक्का / कानेपोखरी
कानेपोखरी , ७ जेष्ठ । मोरङको कानेपोखरी ६ मा रहेको आदर्श समाज कानेपोखरीको आयोजनामा आइतबार लागू औषध सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । जनसेवा माध्यमिक विधालयको सभाहलमा कार्यक्रम सप्पन्न भएको हो ।

आदर्श समाज कानेपोखरीले सामाजिक काम तथा कार्यक्रम गर्दै आएको छ । अहिलेको वर्तमान अवस्थामा युवाहरु लागू औषध तिर फसी रहेको तथा कानेपोखरीका युवाहरु पनि लागू औषधमा परेको तथा लागू औषधलाई कानेपोखरीमा पुरै रुपमा नियन्त्रण गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको आदर्श समाज कानेपोखरीका अध्यक्ष प्रकाश कोइरालाले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी कानेपोखरी गाउँपालिकाका उपाध्यक्ष भोला प्रसाद अधिकारीले लागू औषध न्यूनीकरणको लागी कानेपोखरीमा सचेतना मुलक कार्यक्रमहरुको आयोजना गर्ने तथा सचेतामुलक कार्यक्रम बजेट मार्फत अगाडी सार्ने बताए । कार्यक्रममा विशिष्ट अतिथी जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीले लागू औषधलाई न्यूनीकरणको लागि मोरङ प्रहरीले पुर्ण रुपमा काम गर्ने तथा लागू औषधले परिवार समाजलाई पुर्ण रुपमा असर गरेको र मोरङ प्रहरीले सामुदायिक प्रहरी कार्यक्रम अन्तर्गत कार्यक्रम हरु गरिरहेको बताए ।

लागु औषध सचेतनामुलक कार्यक्रमको सहजीकरण आस्रा सुधारकेन्द्र धरानका प्रमुख प्रशिक्षक टिकाराम सिग्देल र रमाइलो चौकीका कार्यालय प्रमुख नारायण प्रसाद भट्टराईले प्रशिक्षण दिएका थिए । रमाइलो प्रहरी चौकीका कार्यालय प्रमुख नारायण प्रसाद भट्टराईले लागू औषध ओसार प्रसार , विक्री वितरण सेवन गर्दा हुने सजायको बारेमा प्रशिक्षण दिएका थिए । त्यस्तै आस्रा सुधार केन्द्र धरानका प्रमुख प्रशिक्षक टिकाराम सिग्देलले ´ लागू औषध भनेको के हो , लागू औषधले समाजमा के कस्तो असर गर्छ , सेवन गर्दा समाजमा कस्तो असर पर्छ , लागू औषध सेवन गर्नु बाट कसरी बच्ने बारेमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रमको सञ्चालन उपसमिति संयोजक उपेन्द्र पौडेलले गरेका थिए । कार्यक्रमको स्वागत मन्तव्य कार्यक्रम संयोजक दिपक फुयालले राखेका थिए । कार्यक्रममा लागू औषध सम्बन्धि प्रशिक्षण कक्षा ९ र १० का विधार्थीलाइओ प्रशिक्षण दिएको हो । कार्यक्रममा २०० विधार्थीको उपस्थिति रहेको थियो । कानेपोखरी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष खडग बहादुर बस्नेत ,इलाका प्रहरी पथरीका डिएसपी गणेश बहादुर श्रेष्ठ , कानेपोखरी गाउँपालिका वडा नं ६ वडा अध्यक्ष चरण गुरुङ , कानेपोखरी अस्पतालका स्वास्थ शाखा प्रमुख रोहिन्द्र राज भण्डारी , जनएकता साकोसका अध्यक्ष सन्तोष फुयल , स्वतन्त्र युवा क्लब रमाइलोका अध्यक्ष भविस गुरुङ , जनसेवा माध्यमिक विधालयका प्रधानाध्यापक प्रमोद निरौलाको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित