दिपेश रोक्का / काठमाडौ
काठमाडौ , जेष्ठ ६ । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार एशोसियनको सदस्यमा रोशना लुइँटेल निर्वाचित भएकी छिन । हिजो सम्पन्न निर्वाचनमा उनी निर्वाचित भएकी हुन् । सदस्यमा निर्वाचित भएपछि भावी योजना सहित तत्काल गर्नुपर्ने कुरा बारे हामीले उनिलाई सोधेका थियौ – ´अब जति पनि वैदेशिक रोजगारीमा ठगीने ब्याक्ती हुरु हुन्छन अब तपाईं सदस्यमा निर्वाचित भैसक्नु भयो तपाईंले के के गर्नु सक्नु हुन्छ उनि भन्छिन ´ रहयो कुरा ठगिको ठगि भन्ने बित्तिकै व्यवसायीमाथि जुन प्रकारले प्रहार हुन्छ त्यो सरासर गलत छ । त्यसको न्यूनीकरण गर्नको लागि नेपाल सरकार समाक्ष पहल गर्ने निर्वाचित सदस्य लुइँटेलले बताइन । योजना के छ त ?
यहाँ मेनपावर एजेन्सि ले ठगे भन्नेकुरा धेरैनै प्रचार गरिन्छ । करोडाै रुपिया धराैटि राखेर खोलिएको संस्थामाथि बदनाम गर्न खोजिन्छ । ९५ प्रतिशत व्यावसायीबाट कुनै किसिमको ठगि नभएको दाबी गर्छ्न । ५ प्रतिशत ब्यवसायी साथिहरु अलि बढि मध्यस्तकर्ताका कारणले ठगिएका छन । त्यस्को असर रोजगारमा जाने कामदारमा परेको देखिन्छ । र कन्सलटेन्सि जो खुलेअामा ठगिरहेको हुन्छन तिनको कारण व्यवसायिलाई असर परिरहेको बताउँछन । व्यवसायिका कारण बिग्रिएका कामदारलाई उचित क्षती पुर्ति दिलाउने निकाय पनि छ तर सकेसम्म त्यहाँसम्म दुख दिनुहुदैन र कामदारले पनि ती कुरा बुझ्न जरुरि छ उनले बताइन् ।
Discussion about this post