ताप्लेजुङ बन्द अनिश्चितकालका लागि फिर्ता

ताप्लिजोङ । मुकुम्लुङ अतिक्रमणसंगै बिकासको नाममा केबुलकार बनाउने भन्दै रुख कटानको बिरोध भैरहेको बन्द फिर्ता लिएको छ ।

मुकुम्लुङ बचाओ संघर्ष समिति आज बन्द अनिश्चितकालिन स्थगित भएको जनाएको छ । संघर्ष समितिले सरोकारवाला जिल्ला प्रशासन जिल्ला स्तरीय सम्पुर्ण राजनीतिक दल र कम्पनी बिच छलफलपछि बन्द फिर्ता लिएको जनाएको छ । छलफलमा सहमति नभै कुनै रुख कटान क्रियाकलाप नगर्ने भएको जनाएको छ ।

छलफलमा राजनीतिक दल, सुरक्षा निकायका प्रमुखहरु र पाथीभरा मुक्कुमलुङ केवलकार निर्माण खारेजी/विरोधी संस्थाका प्रतिनिधहरु बीच सहभागी भै सहमति भएको उल्लेख छ ।

छलफल अनि निर्णय अनुसार केवलकार निर्माण क्षेत्रमा पाथीभरा दर्शन केवलकार प्रा.लि.ले मिति २०८१/०१/३१ गते काटेको रुखको बिषयलाई लिएर केवलकार खारेजी संघर्ष समिति लगायतका ६ वटा घटकले २०८१/०२/०२ गतेदेखि गरेको अनिश्चितकालीन यातायात बन्दलाई फिर्ता गरी जनजीवन सहज बनाउने सन्दर्भमा छलफल हुँदा केवलकार निर्माण कम्पनीसंग आगामी दिनमा हुने थप रुख कटान लगायत केवलकार निर्माणका अन्य गतिविधिहरुलाई सम्बन्धित सरोकारवाला पक्ष एवं जिल्लास्थित सम्पूर्ण राजनीतिक दलहरुसंग आपसी छलफल, परामर्श र सहमती नभई निर्माण कार्य नगर्न/नगराउन अनुरोध गर्ने उल्लेख छ ।
विगतका विभिन्न मितिमा भएका सहमतीहरु उल्लंघन भएकोले आगामी दिनमा सहमती भई निर्णय भएका कुरालाई पालना गर्ने पनि सहमति गरेको छ ।

त्यसैगरी केवलकार निर्माण खारेजी पक्षले गरेको अनिश्चितकालीन यातायात बन्द आजैका मितिदेखि स्थगन गरी फिर्ता लिने र ताप्लेजुङ महोत्सव २०८१ सफल बनाउँदै जनजीवनलाई सहज बनाउने भन्दै सहमति भएको कुरा पत्रमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित