काठमाडौ । संखुवासभा जिल्लाको चीन सिमा जोडिएको भोटखोला गाउँपालिका नामुछि गाउँबाट सांगीतिक यात्रामा होमिएका वाङछिरिङ भोटियाको नयाँ म्युजिक भिडियो सहितको गीत सार्वजनिक भएको छ ।
गायीका अन्जु पन्तको समेत स्वर रहेको ‘जिन्दगी यो तिमी संगै‘ बोलको म्युजिक भिडियो बजारमा आएको छ । यस गीतमा अन्जु पन्तको स्वरले थप मिठास थपिएको छ । यस गीतको शब्द तथा लय वाङछिरिङ आफ्नै रहेको छ । यस गीतलाई संगीत संयोजन निम संगीतले गरेको छ ।
म्युजिक भिडियोमा गायक स्वयं मोडलिङ गरेको छ साथमा रिना गुरुङको अन्स्क्रिन प्रेम र रोमान्सले त म्युजिक भिडियोलाई सुनमा सुगन्ध थपिएको छ । भिडियो छायांकनमा गुरु भोटियाको लगाव उत्तिकै छ जसको कारण उत्कृष्ट छ ।त्यसैगरी विकास ज्ञवालीको सम्पादनले सबैलाई हेरौ हेरौ बनाएको छ । मदन खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो गायक भोटियाको युट्युव च्यानल ‘वाङ छिरीङ भोटिया‘ मार्फत सार्वजनिक भएको छ ।
गायक भोटियाको स्वरमा रहेको ‘बर्दिबासको घाम’ ‘झल्को’ लगायत म्युजिक भिडियोहरु दर्शक स्रोता माझ यस अघि आईसकेका छन् । जिन्दगी यो तिमीसंगको गीत र म्युजिक भिडियोबाट हौसिएका वाङछिरिङले छिट्टै अर्को पनि गीत म्युजिक भिडियो ल्याउने योजना बनाएको छ ।
संखुवासभा जस्तो दुर्गम जिल्ला अनि दुर्गम विकट गाउँबाट पुर्वान्चल आईडल म पनि के कम सिजन २ मा सेकेन्ड रनर अप भएसंगै गीत संगीतमा रस भिज्दै गएको वाङ छिरिङ देशको राजधानीमा रहेर संघर्ष गरिरहेको छ ।
Discussion about this post