काठमाडौ । संखुवासभा जिल्लाको भोटखोला गाउँपालिका भित्र रहेको सांस्कृतिक सम्पदा अभिलेखिकरण गर्न भन्दै काठमाडौमा एकदिने कार्यक्रम गरिएको छ ।
भोटखोला गाउँपालिका खेम्पालुङ अध्यन अनुसन्धान केन्द्रको आयोजना तथा हिमाली भोटे समाजको सहकार्यमा काठमाडौमा शुक्रबार अन्तरक्रिया कार्यक्रम गरिएको हो । भोटखोला गाउँपालिका गाउँ कार्यपालिका सदस्य जयबाउ भोटेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रम इतिहासबिद रमेश ढुंगेल,पुर्व राजदुत अर्जुन कार्की,राजेन्द्र थापा र भोटखोला गाउँपालिकाबाट काठमाडौ आएर बसेकाहरुको सहभागी रहेका थिए ।
गाउँपालिकाले पालिका भित्र रहेका सांस्कृतिक सम्पदालाई जे जस्तो अवस्थामा छ सोहि अनुसारको सुचि तयार गरि त्यसलाई पुस्तकको रुपमा प्रकाशन गर्न लागेको कुरा राजेन्द्र थापाले जानकारी दिए । तत्काललाई जुन अवस्था छ त्यहि अवस्थाको अभिलेखिकरण गरि प्रतिवेदनको रुपमा बुझाउने बताए । त्यसलाई आगामी दिनमा पालिकाले पुस्तकको रुपमा प्रकाशन गर्ने योजना रहेको बताए ।
थापाले पालिका भित्र रहेको सक्दो सबै सम्पदा सुची संकलन गरेको सुनाए । वडागत तथा गाउँ स्तरमा तयार गरिएको सुचीमा छुट भएकालाई थप गर्नको लागि भन्दै कुन गाउँमा रहेको के के छुट भए सोको सुचि माग गरेका थिए ।
इतिहासबिद रमेश ढुंगेलले सम्पदा लौकिक अलौकिक गरी दुई प्रकारका हुने बताए । उनले पुरातात्त्विक आधारमा अभिलेखिकरण गर्ने भए त्यसको पनि केहि निर्देशनहरु रहेको भन्दै त्यसलाई पालना गर्न सकिने बताए । ढुंगेलले सन २००१ ताका भोटखोला पुगेको स्मरण गरे । तत्कालीन अवस्थामा ऐतिहासिक याङ गुठिगुम्बाको अवस्था बताए । त्योबेला ऐतिहासिक गुम्बा अत्यन्त जिर्ण अवस्थामा रहेको बताए । याङ गूठी गुम्बाको बारे आफुलाई जत्तिको जानकार अरुलाई नभएको दाबि गरे ।
पालिका कार्यपालिका सदस्य जयबाउले अघिल्ला जनप्रतिनिधिले नगरेको काम यसपटक भएको बताए । राजेन्द्र थापा मार्फत काम भरहेको भन्दै जेजस्तो छ पालिका भित्रको सबै जानकारी गराउन अनुरोध गरे । जयबाउले यस्ता सुझाव लिने काम अन्य स्थानमा पनि गर्न सुझाब दिए । हिमाली भोटे समाकोतर्फबाट पालिकामा विभिन्न कार्यक्रमका लागि भन्दै दश लाख रुपैया माग गरेका थिए । यस बिषयमा बिगतको गतिविधिको अभ्यासले पालिका बाहिर बजेट विनियोजन कुरा भएको भन्दै पालिका बैठकले नदिने निर्णय भएको बताए । ब्यक्तिगतको नाममा निवेदन नदिइ पालिकालाई नाममा प्रस्ताव बनाई एमेल गर्न सुझाव दिए ।
कार्यक्रम हिमाली भोटे समाजका अध्यक्ष मिथुङ भोटेको अध्यक्षतामा भएका थिए ।
Discussion about this post