चर्चित हास्यकलाकार इकु विराज भट्टको १२ गाउँ फिल्म बाट फर्किदै

काठमाडौ , ३ जेष्ठ । एक समय निकै हास्य कलाकारितामा आफ्नो नेपाली चलचित्र क्षेत्रमा छबि बसाएका इकुको नाम बाट प्रसिद्व हास्यकलाकार सुलेम शंकर विराज भट्टको अगामि एक्सन थ्रीलर ‘ १२ ‘ गाउमा अनुबन्धित भएका छन् । निर्माता र कलाकार इकु बिच बुधबार लिखित सहमति भएको छ ।

इकु’को तेस्रो सिक्वेल बनाउने तयारीमा जुटेका सुलेमानले अहिलेलाई यो फिल्म गर्ने सहमति गरेका हुन् । भट्टले निर्देशन गर्ने यो फिल्ममा आफू हास्य भूमिकामै देखिन लागेको उनले बताए ।
‘फिल्मभरि नै एक महत्वपूर्ण कमेडी रोलमा म देखिनेछु,’ उनले भने, ‘विराज दाइको छोराले डेब्यु गर्नेदेखि लिएर जसरी विदेशी प्राविधिक लिएर भव्यरुपमा फिल्म बनाउने तयारी छ, यसले मलाई उत्साह दिएको छ,’ दुई वर्षपछि फिल्ममा फर्किन लागेका सुलेमानले अनलाइनखबरसँग भने ।

उनी पछिल्लोपटक ‘चोर र पुलिस’मा देखिएका थिए । पछिल्लो समयका दर्शक स्मार्ट भएको र यसले आफूलाई अझै मेहनत गर्न प्रेरित गरेको उनको भनाइ छ । ‘नाकमुख बंग्याउँदा हाँस्ने दर्शक अहिले छैनन्,’ सुलेमानले भने, ‘अहिले सिचुएसनल कमेडीको ट्रेन्ड छ । हास्य कलाकारको लागि यो चुनौतीको कुरा पनि हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित