ताप्लिलिजोङ । मुकुम्लुङमा केबुलकार रद्दको माग रुख कटानको बिरोधमा मेचि राजमार्ग र तम्मोर करिडोरमा यातायात बन्द गराँउदा ताप्लेजुङ महोत्सव प्रभावित भएको छ ।
स्थानीयको बिरोधका बाबजुद पनि गुराँस लगायका रुख लुकिछिपि काटेको भन्दै जेठ २ र ३ गते बन्दको आह्वान गरेका थिए । मुकुम्लुङ बचाओ संघर्ष समिति सहित सरोकारवालाले निरन्तर केबुलकारको बिरोध गर्दै आइरहेको छ ।
हिजो २ गते पनि यातायात पुर्णरुपमा ठप्प भएको थियो । ताप्लेजुङ पर्यटन महोत्सव आज ३ गतेदेखि शुरु हुने पुर्व तयारी भैसकेका थिए । तर हिजो र आज बन्दका कारण पहिलो दिन नै शुरु हुने महोत्सव प्रभावित भएको कुरा संघर्ष समितिका संयोजक सिरि लिङ्खिमले जानकारी दिए । संयोजक लिङ्खिमका अनुसार महोत्सव शुरू भए पनि भनिएजस्तो नभएको जानकारी दिए । महोत्सवको प्रमुख अतिथि प्रधानमन्त्रीलाई नै ल्याउने कुरा भएको भन्दै आउन नसकेको बताए । त्यसैगरी प्रदेश १ का मुख्यमन्त्री मन्त्री आउने कुरा रहेकोमा आउन नसकेको लिङ्खिमले जानकारी दिए । आज पहिलो दिन ताप्लेजुङ पर्यटन उत्सवको उद्घाटन भए पनि ताप्लेजुङको फुङ्लिङ बजार सुनसान रहेको स्थानीय संचार माध्यमले जनाएको छ । बन्दले पुर्ण रुपमा प्रभावित भएपछि आजको उद्घाटन तामझाम सहित हुन नसकेको स्थानीय संचार माध्यमले जनाएको छ ।
संयोजक लिङ्खिमले जानकारी दिए अनुसार ताप्लेजुङमा अहिले दुईचक्के मोटरसाइकल समेत चल्न नसकेको दाबि गरे । उनले अव बन्द निरन्तर लम्बिने बताए । राज्यले बन्द गर्दा मात्र सुन्ने भएको भन्दै निरन्तर बन्द हुने जानकारी दिए । वबन मन्त्रालय सहितको मिलेमतोमा रुख कटान गरेको भन्दै एकमात्र विकल्प बन्द भए उनले बताए ।
मुकुम्लुङमा निरन्तर अतिक्रम भएको भन्दै बिकासको नाममा अस्तित्व नामेट गर्न केबुलकारको लागि राष्ट्रिय फुल लालिगुराँससंगै वन फडानि गरेको भन्दै तम्मोर करिडोर प्रवेश मार्गमा बन्दकर्ता तैनाथ रहेका छन । हिजोदेखि बन्दकर्ताहरु धनकुटाको लाबोरबोटेमा पुगेर सबै सवारी प्रवेशमा रोक लगाएको छ । त्यसैगरि मेची राजमार्गबाट ताप्लेजुङ जाने सबै सवारी हिजोदेखि रोकिएर राखिएको छ ।
Discussion about this post