ताप्लेजुङ । मुकुम्लुङ क्षेत्रमा केबुलकार बनाउन भन्दै रातको समयमा गुराँस लगायतका रुख कटान गरेको बिरोधमा मेची राजमार्ग तम्मोर करिडोर बन्द गरिएको छ ।
मुकुम्लुङ बचाओ संघर्ष समितिले रुख काटेको भन्दै दुई दिने बन्दको आह्वान गरेको थियो । बन्दले मेची राजमार्ग ठप्प भएको छ । यता धरान हुँदै तम्मोर करिडोरबाट ताप्लेजुङ जाने बाटो पनि ठप्प भएको छ । केबुलकार निर्माण योजना रद्द गर्न र वन फडानी गर्नेले सार्वजनिक रुपमा माफि माग्न भन्दै बन्दको आह्वान गरिको प्रेस बिज्ञप्तिमा जनाएको छ ।
स्थानीयको चाहाना विपरीत मुकुम्लुङ क्षेत्रमा केबुलकार बनाउन जबर्जस्ति रुपमा रुख कटान गरेको आरोप संघर्ष समितिले लगाएको छ । ताप्लेजुङबासिसंगै किरात याक्थुङ चुम्लुङ समेतले निरन्तर बिरोध गर्दै आएको छ । मुकुम्लुङलाई पाथिभरा नामाकरण पनि सांस्कृतिक अतिक्रमण भन्दै बिरोध गर्दै आएका थिए । पछिल्लो समयमा त्यस क्षेत्रमा केबुलकार बन्ने भएपछि अर्को सांस्कृतिक अतिक्रमण भएको बताएको छ ।
आदिवासी लिम्बु समुदायको आस्थामाथि एकपछि अर्को धावा बोलेको भन्दै चर्को बिरोध भएको छ । केबुलकार संचालकले जनप्रतिनिधि तथा स्थानीय युवालाई आर्थिक प्रलोभन देखाएको आरोप छ । केहि ब्यक्ति केबुलकार संचालक चण्द्र ढकालले पैसामा किनेको आरोप लगाएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका चन्द्र ढकालले ‘पाथिभरा दर्शन केबलकार प्रालि’बाट निर्माण अनुमति लिएका थिए ।मागअनुसार वन मन्त्रालयले यस्तो प्रक्रिया अघि बढाएको थियो। पाथिभरा दर्शन केबलकार प्रालिले २०७९ चैत २७ गते केबलकार निर्माणको क्रममा त्यहाँ पर्ने वन क्षेत्रका रुख कटानका लागि यसअघिको निर्णय पुनरावलोकन गर्न माग गर्दै मन्त्रालयमा निवेदन दिएको थियो। त्यसको दुई साता नबित्दै वन मन्त्रालयले यससम्बन्धी प्रक्रिया अघि बढायो।
२०७५ पुस १६ गतेको मन्त्रिपरिषद् बैठकले ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथिभरा मन्दिरसम्म केबलकार निर्माणका लागि कम्पनीलाई वन क्षेत्रको जग्गा प्रयोग गर्न दिने निर्णय गरेको थियो। तर, त्यो निर्णयमा दुई वर्षसम्ममा केबलकार निर्माण नगरे दिइएको अनुमति स्वतः समाप्त हुनेसमेत उल्लेख थियो।
पछिल्लो समयमा वन मन्त्रालय जसपाको भागमा पर्दै आएको छ । काङ्ग्रेस सहितको प्रचणडको सरकार हुँदा वन मन्त्रालयमा रुख कटान रोक्न ध्यानाकर्षणपत्र बुझाएका थिए । तर पनि रुख काट्न थालिएको छ । स्थानीयले यस अघि शसस्त्रको क्याम्प राख्न खोजेपछि रातारात खेदाएका थिए । स्थानीयले कम्पनि पैसाको प्रलोभन पारेर पवित्र मुकुमलुङको क्षेत्रमा कटान गर्नुका साथै स्थानीय बीच भिडन्त गराउन खोजेको आरोप छ ।

Discussion about this post