धरान । किरात राई समुदायको महान चाड उभौली साकेला आगामी जेठ १० गतेदेखि शुरु शुरू हुने कुरा किरात राई सांस्कृतिक कलाकार संघले जानकारी दिएको छ ।
संघले मंगलबार पत्रकार सम्मेलन गर्दै सुनसरी जिल्लामा भव्य रुपमा मनाउने कुरा जानकारी दिए । साकेलासंगै राई समुदायको मुन्धुमी शास्त्र अनुसार
मौलिक भेषभुषा, सांस्कृतिक मौलिक बाजागाजा, पगरी (फेटा) साकेला सिली र गीत जस्ता मुन्दुमी दृष्टिकोणले प्रयोग हुने मूर्त र अमूर्त सस्कृतिहरुको गलत प्रयोग र बिचलनप्रति सांस्कृतिक संघको गम्भीर ध्यान आकर्षण भएको जानकारी दिए ।
पत्रकार सम्मेलनमा मुन्धुममा भनिएका बाहेकका समयमा समेत सांस्कृतिक बाजा,फेटा भेषभुषा प्रयोग गरिएको भन्दै साकेला सहित शुभ कार्य तथा अशुभ कार्य अर्थात मुन्धुमले तोकेको बाहेकका समय र कार्यक्रममा प्रयोग गरेर गरिमा नघटाउन पनि आह्वान गरिव्को छ । कोट पेण्ट साडि जस्ता लुगामा वाबु जस्ता पवित्र कुरा चित्रण गरि दुरुपयोग गरेको भन्दै त्यस्ता खालका गतिविधि प्रयोग समेत नगर्न नगराउन आग्रह गरिएको छ ।
यस विषयमा अघिल्लो वर्षहरूमा पनि जानकारी सचेत गराउदै आएको भन्दै यस वर्ष पनि कडाइका साथ कार्यान्वयन गरिने जानकारी दिए । विषेश गरेर ढोल झ्याम्टा सहितको पगरी राजनीतिक दलका हरेक कार्यक्रम भैरहेको प्रति समेत ध्यानाकर्षण गरिएको छ ।
किरातीहरूको जीवन दर्शन मून्दुमः
मुन्दुम भनेको किरातीहरुको बिच, जीवन र जगतलाई बुझ्ने दृष्टिकोण हो। यो हजारी गर्षको समष्टि र अनुभबहरुको सुखला हो। यो कुनै एक व्यक्तिको ज्ञानबाट निःसृत नभई सामुहिक रुपमा पुर्खाहरुको अनुभवबाट आर्जित बिकसित बौदिक विरासत हो। मुन्दुमलाई किरात संस्कृतिको मुख्य आधार मानिन्छ र मुन्दुम भित्र जन्मदेखि मृत्यूसम्यको संस्कार, संस्कृति सहित व्यवहारिक जीवनका राजनीतिक, सामाजिक विकास, आर्थिक प्राणाली, न्याय प्रणाली, सम्पूर्ण सांस्कृतिक जीवन पद्धतिलाई मून्दुमले निर्देशित गरिएको हुन्छ। मुन्दुम दर्शनमा प्रकृतिको सम्मान प्रकृतिवाद, वित्रको सम्मान- प्रित्रिवाद, आत्माको सम्मान आत्मावाद र भौतिकवाद र बिज्ञानको समाबेस छन्। त्यसले किराती राई संस्कृतिसँग जोडिएर आएको मौलिक बाजागाजा, भेषभुषा, फेटा (पगरी), मौलिक चाड साकेला सिली, मुन्दुमी सामाग्री चाबुक / सोलोमा / चिन्डी आदि मूर्त तथा अमूर्त संस्कृतिको प्रयोग गर्दा मुन्दुमी बिधि (प्राणप्रतिष्ठा) भएकोले सोहि आचारसंहिता अनुसार प्रयोग गर्नु सान्दर्भिक हुनेछ ।
१. साकेला सिली र मौलिक बाजागाजाहरूको प्रयोग :
मुन्दुमी व्याख्या र दर्शन: मौलिक सांस्कृतिक चाड साकेलामा बाजागाजाहरू ढोल, झ्याम्टा, सिलिमी, पोमी, चिण्डो (वामुक), पुड् बाजा र सिली (अभित्यात्मक नृत्यकला) र मौलिक भेषभुषाको प्रयोग हुन्छ यो कार्यहरू नाक्छोडहरू Ritual journey (मुन्दुमी यात्रा): गर्दा, सांस्कृतिक चार्डहरूः साकेला (उधौली-उभौली), खाउमो, सेग्रो, मालुदेल, चाक्याखुर वाढाडमी, चवा, रागपूजा, भूमेपूजा, ओमाड़क, तोषखाम/घिउलु, चारी, बुवाङकुम, बाढामी/वाढाङमेट आदि, कुलपित्र कार्यहरू मोछामा, माडे, हुइलुङ, छौवा, साम्खा, शुभ कार्यहरू वाईको (गर्भ पूजा/ सन्तान लाभको कामना), विवाह, परपैचो (नयाँपर निर्माण गर्दा), अशुभ कार्यहरूः मृत्यू संस्कार (राम्रो र नराम्रो मरण) सर्वसाधारण र नाक्छोड (बिजुवा/धामीहरू), रिसिमी, मुन्दुमीहरूले सिलीतरू नाच्दछन् र अवसरहरू भन्दा अरू बेला वा समयमा सिली नाच्नु र प्रयोग गर्नु नहुने मुन्दुमी मान्यता रहेको छ। यी संस्कृतिहरू गर्दा मुन्दुमी बिधिः रिसिया (प्राणप्रतिष्ठा) अनुसार बाजागाजाहरू खोल्ने र राख्ने प्रचलन रहिआएको छ। यस अवसर विशेष सिली नाच्ने र गीत गाउने, ढोलझ्याम्टा बजाउनु हुने, यस बाहेक अरु कार्यहरूमा बर्जित (निशेष) गरिएको र कतै कसैबाट भए, कुलमा हानी हुने सुब्यफाब्ये नहुने, ज्यानसम्म तलमाथि हुने, मुन्दुमी दर्शन अनुरुप नहुने, अझ सिली नाच्नु नजाने मृत्यूसम्म हुने जनविश्वास रहीआएको छ। तर आजभोलि यस मुन्दुमी मान्यताको बिपरित अनेक कार्यक्रमहरूमा गरिएको पाइएकोले यस्ता कार्यहरू नगर्नु अनुरोध छ।
स्योलुमा / बाबुक / सोलोया / चिन्ड्रोको प्रयोग :
मुन्दुमी व्याख्या र दर्शन : किरात राई समुदायले प्रयोग गर्दै ल्याएका चिन्डो (वाबुक) सास्कृतिक मौलिक प्रतिकको रुपमा मुन्दुम अनुसार मान्दै आएका छन् । मृन्दुम अनुसार वाबुक सोलोया/ चिन्डो जीवनको प्रतिकको रुपमा लिने गरिन्छ मुन्दुममा वर्णित भए अनुसार पृथ्वीको मृष्टिसगै चिन्डोको लहरा पनि उम्रियो र एउटा हागामा विन्डो अर्को हाणामा कुभिन्डो फल्यो यसको अर्थ कुभिन्डो चाहि कुहियो काल जस्तो मृत्यूको प्रतिकको रुपमा रह्यो त्यसैले ग्रहदशा काट्दा कुभिन्डोलाई काट्ने प्रचलन र चिन्डो लामो समयसम्म रह्यो त्यसलाई जीवनको प्रतिकका रुपमा ल्याए । यसरी सृष्टि भन्ने लहरा एक हांगा जीवनतत्व चिन्डो फल्यो र अर्को हागामा मृत्यूतत्व कुभिन्डो फल्यो त्यसकारण मानवको सृष्टिमा दुईवटा विपरित तत्वले बनेको हुन्छ भन्ने दार्शनिक अर्थ लाग्दछ । मुन्दुम दर्शन अनुसार किराती जीवनको प्रतिकरुपमा मान्ने मुन्दुमी सामाग्री वाबुक/ सोलोया चिन्डोको उत्पति मानब निकासको इतिहास जतिकै पुरानो रहेको छ।
प्रयोग गर्ने मून्दुमी मान्यता : मून्दुममा यसलाई सोलीमा देउ मालीमा देउ भन्छन् (मुख गाठो नभएको) यो चाहि धामीहरू प्रयोग गर्छन् र बाबुक
यसलाई मुन्दुममा आरावा खारावा (मुखमा गाठो भएको) भन्छन्। मुन्दुम अनुसार यसको पहिलो प्रयोग पारुहाङ र सुम्निमाको पालाबाट शुरुआत भएको पाइन्छ । अहिले आममानिसले पवित्र सांस्कृतिक सामाग्रीको रुपमा प्रयोग गर्ने मान्यता रहेको छ। यसमा माङ् देवताको बास हुने, (बिरामी सातो आत्मा) माड्ले रुचाएको र पुजा गर्दा प्राय शुभकार्यमा प्रयोग गरिने हुदा यसको सम्मानको लागि खाली भुईमा राख्नु नहुने, खुट्टाले टेक्नु नहुने, हुनु नहुने अरुले छुन नहुने, अपमान गर्नु नहुने आदि मून्दुमी मान्यता रहेको छ। यो मुन्दुमी मान्यताको विपरित साडीको पारी / दौरा सुरुवालकोमा प्रयोग भएकोले यस्तो कार्य नगर्नु सबैमा हार्दिक अपिल गर्दछौ ।
३. फेटा (पगरी / पियालक्चो / सेवारी/दोलोकुम) को प्रयोग :
मून्दुमी व्याख्या र दर्शन :
फेटा / पगरी किरात राई समुदायले अति पबित्र / शुभ कार्यका लागि प्रयोग किराती राईहरूले संस्कृति आदिम शिकारी युगबाट नै फेटा / पगरी शिरपोसलाई प्रयोग गर्दै ल्याएका छन्। तत्कालीन समाजको नेतृत्व धामीहरू गर्ने र समाजमा उनीहरू अलिक फरक देखिनुपर्ने भएकाले शिकार मारेका चराको प्वाखहरूबाट आरम्भ हुदै कृषियुगमा प्रवेश गरेपछि सुनाखरी (आम्लाबूड) बनाए जो आदिम किराती राजा बुधाहाङ् र आदिम चेली सोइसोइलाले माईतिको शीर उठाएका मून्दुमी व्याख्या रहेको पाइन्छ । यसको बिकासक्रम धातुयुगमा आएपछि राजामहाराजहरूले यसको नक्कल गरी प्रयोग गरेको देखिन्छ भने बर्तमान समयमा आम राई समुदायमा फेटा / पगरी/पियालक्चो / सेवारी/दोलोकुमको रुपमा सांस्कृतिक कार्यहरूमा प्रयोग भएको देखिन्छ ।
मुन्दुमी पवित्राको मान्यता : पबित्र कार्यको लागि बिशेष व्यक्ति / व्यक्तित्वहरूले मात्र प्रयोग गर्ने र पहिरन गर्दा मुन्दुम बाचन गर्दै गाउदै लगाईदिने चलन छ । जस्तोः मुन्दुम बाचन गर्दा किराती नामहरू बंश, पाछा, सामे, बबी, सुप्तुलुङ, मेचिनुङ् अनिबार्य उल्लेख गर्नुपर्ने मान्यता रहेको र यदि नभए फेटाको मून्दुमी बिधि (प्राणप्रतिष्ठा) भएको मानिदैन ।
मून्दुमी सांस्कृतिक प्रयोगः
सांस्कृतिक कार्यहरू विवाहमा बेहुला बेहुली, कोडपी, कलिया, नाक्छोड, साकेला उधौली उभौली, सम्मान, प्रतिष्ठा, सायारेम्मा (शीर उभ्यौनी) जस्ता अनि नै पबित्र कार्यहरूमा मात्र प्रयोग गर्नुपर्ने मुन्दुमी मान्यता रहिआएको छ।
फेटा पहिराउने विधि :
सेतो कपडा (शान्ति सम्मानको प्रतिक), ३ फन्को लगाउने (५ वा ७ फन्कोसम्म) तीन चुल्होको प्रतिक, दाहिने साइड (Anti clock) बाट लगाउने, शीर माथि भालेको प्वाख जस्तो आकास फर्काउने (जीबनको प्रतिक) फेटाको अन्तिम भाग घाटी वा जमिनतिर झार्ने मृत्यूको प्रतिक मून्दुमी व्याख्या रहेको छ । यस्तो कार्यमा प्रयोग हुने पगरीलाई हिजो आज मुन्दुमी मान्यता भन्दा फरक हिसाबले प्रयोग गरिएको हुदा अन्य कार्यहरूमा प्रयोग नगरीदिन हुन हार्दिक अपिल गर्दछौ ।
Discussion about this post