दिपेश रोक्का / कानेपोखरी
कानेपोखरी , ३१ वैशाख । मोरङको कानेपोखरी २ मा रहेको बलदेब आधारभुत स्कुलका विधार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।
नेपाली काङ्ग्रेसका मोरङ सदस्य युवा समाजसेवि गणेश थापाले विधालयमा अध्यापन गर्ने विधार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका थिए ।
विधार्थीहरुलाई न्युनतम आवश्यकता पूरा गर्ने उदेश्यले विधालयमा , क्यामरम बोर्ड २ र गोटि , क्रीकेट ब्याट २ सेट र १४ बल , चेस र लुडो गोटि ५ सेट , स्किपिङ ६ सेट वितरण गरिएको थियो । कक्षा नर्सरी र १ कक्षका विधार्थीहरुलाई २६ ओटा भ्याग वितरण गरिएको थियो ।
विधालयमा आउने अधिकंश बालबालिकामा किताबी ज्ञानले मात्र पर्याप्त नहुने हुनाले खेलकुद मार्फत पनि आफुलाई अगाडि बढाउन आवश्यक रहेकोले सामाग्री वितरण गरेको समाजसेवी गणेश थापाले बताए ।
समाजसेवी थापाले यश विधालयमा सामाग्री वितरण गर्नु केही महिना अघि गरिब तथा विपन्न परिवारलाई खाधान्नका सामाग्री वितरण गरि सकेका छन ।
Discussion about this post