सुनुवार समुदायको ढोल नृत्य प्रशिक्षण सम्पन्न

धरान । आदिवासी सुनुवार समुदायको मौलिक ढोल नृत्य सम्बन्धि सात दिने प्रशिक्षण शनिबार सम्पन्न भएको छ ।
धरान उपमहानगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को लक्षित वर्गको बजेटबाट ढोल नृत्य प्रशिक्षण दिएको कुरा सुनुवार सेवा समाजका धरान नगर उपअध्यक्ष कर्ण कोइच सुनुवारले जनाएको छ । धरान उपमहानगरपालिकाका उप मेयर आईन्द्र बेघाको प्रमुख आतिथ्यमा प्रशिक्षण समापन भएको थियो ।

सुनुवार सेवा समाजको आफ्नै भवन धरान उपमहानगर १७ मा औपचारिक कार्यक्रम गर्दै समापन भएको थियो ।नयाँ पुस्ताहरुमा मौलिक कला संस्कार पुस्ताहस्तानरण गर्दै जानू पर्छ भनि नवकलाकार तथा बालबालिकाहरु साथै बजाउन नजान्नेहरुको लागि प्रशिक्षण दिएका थिए । २०८१ बैशाख २२ गतेदेखि संचालन भएको प्रशिक्षण २८ गतेसम्म भएको थियो ।

समापन कार्यक्रममा आफ्ना भेषभुषा सहित प्रशिक्षण लिएका प्रशिक्षार्थीले ढोल नृत्य प्रस्तुत गरेका थिए । सहभागीलाई ढोल प्रशिक्षक मणिकराज र सह-प्रशिक्षक नवराज सुनुवारले प्रशिक्षण दिएका थिए ।

कार्यक्रम सुनुवार सेवा समाज धरान नगर अध्यक्ष गोपाल सुनुवारको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा अतिथि नेफिन धरानको अध्यक्ष सुबासचन्द्र हुक्पाचोङ्बाङ धरान उपमहानगरपालिका सामाजिक विकास महाशाखा साथै उक्त प्रशिक्षणको स्थलगत अनुगमनकर्ता भुवन राई धरान उपमहानगरपालिका वडा न १४ महिला सदस्य तथा न्यायिक समिती सदस्य झरना सुनुवार, सुनुवार सेवा समाजका जिल्ला समन्वय समिती टार्जन सुनुवार, एकल जातीय संस्थाका प्रतिनिधिहरु सुनुवार सेवा समाजका निवर्तमान पदाधिकारीहरुको मुक्दुम कर्ता मुल पुजारी शुक बहादुर सुनुवार र डिल्ली कुमार सुनुवार रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित