खानेपानीको ध्यानाकर्षणपत्र बुझाउन गएका तिलक राई र मन्जु भण्डारी सात दिने म्याद बोकेर आए(भिडियो सहित )

धरान । हरेक वर्षको सुक्खायाममा खानेपानीको अभाव झेलिरहेको धरानको विषयमा खानेपानीको ध्यानाकर्षणपत्र बुझाउन गएका तिलक राई र मन्जु भण्डारी सात दिने म्याद बोकेर फर्किए ।

केहि दिन अघि पुर्व जनप्रतिनिधिहरुको नाम दिएर मेयर हर्क साम्पाङको कार्यकक्षमा पुर्व मेयर तिलक राई,कुमारबहादुर कार्कि मन्जु भण्डारी पुर्व सांसद जयकुमार राई लगायत पुगेका थिए ।

हर्क साम्पाङ खानेपानीको मुद्दा बोकेर आन्दोलन गर्दा तिलक राई मेयर मन्जु भण्डारी उप मेयर थिए । खानेपानी समस्या भएको भन्दै समाधानको कुरा बोकेर ध्यानाकर्षणपत्र बुझाएका थिए । ध्यानाकर्षणपत्र बुझाउने क्रममा आईयुडिपिमा भ्रष्टाचार भएको भन्ने विषयमा मन्जु भण्डारी तिलक राईको असहमति जनाएको थिए । उनिहरुमाथि आईयुडिपिमा भ्रष्टाचार गरेको आरोप लगाएको भन्दै पुष्टि गर्नसक्नुपर्ने माग गरेका थिए ।

खानेपानी समस्या भएको भन्दै एडिबिको ऋण सहितबाट करिब २ अर्व १७ करोडको लागतमा चारकोशे जंगलबाट डिप बोरिङ गरि पानी निकाल्ने तत्कालिन समयमा सम्झौता भएका थिए । सम्झौता अनुसार दैनिक १६ घण्टा पानी दिने र तीन तलामा बिना मोटर पानी आउनेसम्मको डिपिआर भएका थिए । तारा सुब्बा मेयरको निधनपछि कार्यवाहक मेयर मन्जु भण्डारी हुँदा प्रोजेक्टको काम अन्तिम चरममा पुगेका थिए । तत्कालीन समयमा इन्टरकनेक्सको कुराले निक्कै चर्चा पाएका थिए । पानी पर्याप्त न आउनुमा संस्थानको पाइप र प्रोजेक्टको पाईप बीच इन्टर कनेक्सन हुन बाँकि रहेको त्यो भएपछि पानी आउने भन्दाभन्दै त्योबेला पनि पानीको हाहाकार भएकै थिए ।

यहि प्रोजेक्ट अहिले केहि वडामा बाहेक २ अर्व १७ करोड धराने जनतालाई ऋण थोपर्ने काम मात्र भएको छ । ध्यानाकर्षणपत्र बुझ्दै मेयर साङ्पाङले खानेपानी समस्या समाधान गर्न एडिबिको ऋण प्रोजेक्ट बारे लिखित रुपमा नै पत्र काट्ने भनेर जवाफ दिएका थिए । लगत्तै बैशाख २७ गते निवर्तमान मेयर तिलक राई र उप मेयर मन्जु भण्डारीको नाममा पत्र काटिएको छ । सात दिने म्याद सहित ९ बुँदे प्रश्न राखिएको छ । पत्रमा स्पष्ट पारिदिने सम्बन्धमा भन्दै एसियाली विकास बैंक (एडिबी) को ऋण अनुदान सहयोगमा नगरको खानेपानी समस्यालाई समाधान गर्नका लागि सम्झौता गरे वमोजिम खानेपानीको दीर्घकालीन समस्याको समाधान नै नभई पुर्ण रुपमा सफल नभएको आयोजना सफल भएको भनि तत्कालिन मेयर तिलक राई र उप मेयर मन्जु भण्डारीको कार्यकालमा खानेपानी संस्थानलाई खानेपानी व्यवस्थापन बोर्डमा मर्ज गरीएको उल्लेख छ ।पत्रमा हालसम्म पनि नगरवासीहरुलाई उक्त आयोजनाबाट पानी उत्पादन गरी वितरण गर्न नसकेको र आयोजना सञ्चालन हुँदा चरम लापरवाही तथा भष्ट्रचार भएको भनि समेत जनगुनासो आएको सन्दर्भमा उक्त आयोजना सम्बन्धी तपसिल बमोजिम के कसो भएको हो सो विषयमा ७ (सात) दिन भित्रमा लिखित स्पष्ट पारिदिन भनिएको छ ।

सात दिनभित्र मागिएको ९ बुँदे प्रश्न:

१. एडिबीको ऋण लिने निर्णय कुन मितिमा को कस्ले गरेको हो ?

२. एडिवीवाट ऋण किन र कति ल्याएको हो ?

३. ल्याएको ऋण कति खानेपानी र अन्य कुनै शिर्षक भए ती शिर्षकहरुमा खर्च गरिएको हो ?

४. एडिबीको प्रोजेक्ट चालु कहिले देखि भएको हो ?

५. तत्कालिन बोर्ड गठन हुँदा के कस्ता प्रावधानलाई पुरा गरी गठन भएको थियो र सदस्यहरु थपिदा के कसरी थपिएका थिए ?

६. IUDP खानेपानी आयोजनाले सम्झौता अनुसार दैनिक १ करोड ५२ लाख २० हजार लिटर पानी उत्पादन गर्ने शर्तानुसार उत्पादन गर्न नसकेको तथ्यलाई लुकाएर आयोजनालाई जिम्मा लिनु पर्ने कारण के थियो ?

७. आयोजना जिम्मा लिन अघि निर्माण कम्पनीको तिनपर्ने ऋण किन चुक्ता नगरेको ?

८. आयोजना निर्माणको अवधिमा गुणस्तर सम्बन्धी के कस्ता र कति मापदण्ड पुरा गरिएका थिए जानेजति प्रस्टाइदिन हुन।

९. पाइप विस्तारकार्य गराउँदा मुल निर्माण समितिले नै गरेको थियो या अन्यले गरेको थियो ? अन्य पेटी ठेकेदारहरुले गरेका थिए भने कुन-कुन ठेकेदारले के कति कारणले गरेका थिए ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित