दिपेश रोक्का / काठमाडौ
काठमाडौ , २५ वैशाख । ख्रीष्टीयन जर्नलिस्ट फेलोसिप नेपालको आयोजनामा ललितपुरको बागडोलमा दुई दिने ख्रीष्टियन मिडिया सम्बिट सुरु भएको छ । डियस्टी नेपालको सहकार्यमा कार्यक्रम सुरु भएको हो ।
हरेक बर्ष ख्रीष्टियन मिडियाकर्मीहरुको क्षमता अभिवृद्धि गर्नको लागि तथा देशभरी भएका ख्रीष्टियन पत्रकारहरुलाई एक ठाउँमा संगठित गर्दै सर्वधानिक गर्ने उदेश्यले ख्रीष्टियन मिडिया सम्बिटको आयोजना गरिएको ख्रीष्टियन जर्नलिस्ट फेलोसिप नेपालको महासचिव निरोज तोलाङेले बताए ।
ख्रीष्टियन मिडिया सम्मेलनको पहिलो दिन एन.सि एफ नेपालका महाससचिव सेर ए.सीले ख्रीष्टियन मिडियाकर्मीहरुको लेखन र प्रस्तुतिकरणमा ध्यान पु¥याउनुपर्ने विषयमा बोल्नुभएको थियो ।
त्यसैगरी नेपाल ख्रीष्टियन समाजका उपमहासचिव राजेन्द्र मल्लले ख्रीष्टियन पत्रकारहरु ज्योतिको रुपमा भएर सकारात्मक समाचार सम्प्रेशन गर्नुपर्छ भन्ने विषयमा पवित्र धर्मशास्त्र बाइबलबाट बचन बोल्नुभएको थियो । भर्चुवल माध्यमबाट पनि जोडिन सकिने दुई दिने सम्मेलन भोली २६ गते बुधबार सकिनेछ ।
Discussion about this post