सिंहकालीमा कक्षा ११ संचालनको लागि पचास हजार सहयोग

लजेश राई

धनकुटा । साँगुरीगढी गाउँपालिका ९ स्थित सिंहकाली माध्यामिक विद्यालयमा कक्षा ११ संचालन गर्नका लागि पुर्ण राई र मनुका राईबाट पचास हजार पाँच सय पचपन्न रुपैया आर्थिक सहयोग गरेको छ ।

साँगुरीगढी वडा नम्बर ९ घर भै हाल दक्षिण कोरियामा वैदेशिक रोजगारमा रहेका पुर्ण दम्पतीले विद्यालयलाई आर्थिक सहयोग गरेको जानकारी दिएको छ । पुर्ण र मनुकाको छोरा खिमसन राईको पहिलो जन्म दिनको अवसर पारेर विद्यालयलाई आर्थिक सहयोग गरेको कुरा साँगुरीगढी गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष जे बि राईले जानकारी दिए ।

सिंहकाली विद्यालयले यसवर्षबाट कक्षा ११ संचालन गर्नका लागि भन्दै आर्थिक संकलन थालिएको छ । विद्यालयले जानकारी दिए अनुसार पहिलो चरणमा यस विद्यालयमा कक्षा ११ संचालन गर्नको लागि ६ लाख ३० हजार ३१६ रुपैया संकलन भएको छ ।

खिमसन राई
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित