बागमती । २०७२ सालको संविधान लागु भएपछि संघीयतासंगै बागमती प्रदेशमा तामाङ भाषा र नेपाल भाषालाई सरकारी कामकाजीको भाषामा कार्यान्वयनमा आएको छ ।
तामाङ भाषालाई सरकारी कामकाजीको भाषा कार्यन्वयन भएको दिन प्रदेश सरकारले सार्वजनिक बिदा नै दिएको छ । तामाङ भाषालाई सरकारी कामकाजिको भाषामा कार्यान्वयन गर्न बागमती प्रदेश सरकार, मन्त्रिपरिषद्ले यहि २०८१ बैशा १२ गतेको बैठकले नेपाली भाषाको अतिरिक्त तामाङ्ग भाषा र नेपाल भाषालाई बागमती प्रदेशको प्रदेश सरकारी कामकाजको भाषाको रुपमा लागू गरेसंगै सोहि दिनको अवसरमा २०८१ वैशाख २४ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको हो । सोहि अनुसार बागमती प्रदेशका सम्पूर्ण सरकारी कार्यालयहरूमा सार्वजनिक बिदा दिएको छ ।
यस अघि तामाङ्सालिङ र नेवा राज्य छुट्टाछुट्टै हुनुपर्छ भनेर आन्दोलन भएका थिए । राज्य पुनर्संरचना आयोगले सिफारिस गरेको प्रतिवेदनमा पनि १० प्लस १ मा नेवा तामाङसालिङ राज्यको उल्लेख छ । तर जब सात प्रदेश बने नेवा र तामाङसालिङको सिमा एउटै बनाईदिए । नामाकरणको विषमा दुईटै कलष्टर मिलाएर नेवा तामाङ्सालिङको माग भए पनि त्यसको पक्षमा एकजना मात्र सांसद उभिएका थिए । एमाले काङ्ग्रेस सबैले त्यस अघि चुनाबमा भनिएको बहुपहिचान र पबिचान भेटिने द्वन्द्व मेटिने कुरालाई लात मारेका थिए ।
भाषा आयोगले सघन समुदाय तामाङ र नेवा भाषालाई प्रदेश भाषा सिफारिस गरेसंगै सरकारी कामकाजिको रुपमा कार्यान्वयनमा ल्याएको हो । यसरी कामकाजीको रुपमा आएसंगै बागमती प्रदेश मुख्यमन्त्री कार्यालयमा नेवा समुदायले प्रयोग ल्याएको रन्जना लिपि र तामाङ समुदाय प्रयोगमा ल्याएको सम्भोटा लिपिमा बोर्ड राखिएको छ ।
बागमती प्रदेश मुख्यमन्त्री कार्यालयमा लिपिमा लेखिए पनि भाषा भने खुलेको छैन । दुबै लिपिमा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय हेटौंडा नेपाल लेखिएको छ । तर नेवारी भाषा र तामाङ भाषामा मुख्यमन्त्री मन्त्री परिषद भनेर खुलिएको छैन । तत्कालका लागि भने लिपि मात्र कार्यान्वयन भएको देखिन्छ ।
भाषा कार्यान्वयन आएको भन्दै धरानमा नेपाल तामाङ घेदुङ सुनसरीले भाषा दिवस मनाउने भएको छ । धरान उपमहानगरमा घेदुङले आज कार्यक्रमको आयोजना गरेको छ ।
Discussion about this post