राष्ट्रिय दलित आयोगले दलित समुदायलाई विभिन्न सुविधा संरक्षणको काम गरेको – अध्यक्ष देवराज विश्वकर्मा

दिपेश रोक्का / गाईघाट
गाईघाट , २१ वैशाख । दलित अधिकार संजाल उदयपुर गाइघाटको आयोजनामा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा संग पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रिय दलित आयोगले दलित समुदायलाई विभेदको नीति अन्तर्गत विभिन्न्न सेवा सुविधा , सहुलियत , संरक्षणको काम गरिहरेको राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन । आयोगले दैनिक रुपमा भएका विभेद्का घटनाहरुका विषयमा महान्यायाधिवक्ताको कार्यालयमा मुद्दा दर्ता गर्ने अधिकार रहेको तथा छुवाछूत , भेदभाव भेदभावको अन्त्य गर्न सरकार सामक्ष पहल गरेको आयोगका अध्यक्ष विश्वकर्माले बताए ।

कार्यक्रममा दलित अधिकार संजालका उदयपुरका अध्यक्ष , पुर्व समन्वय समितीको अध्यक्ष , समाजिक ब्याक्तीहरु, पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन दलित अधिकार संजाल उदयपुरका सचिव कृष्ण नेपालीले गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित