हरेक वर्षको अङ्ग्रेजी महिनाको मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाउने गरिन्छ । सन १९९३ मा युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक सहरमा भएको पत्रकारहरूको सम्मेलन भएको वर्षदेखि यो दिनलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा मान्दै आएको छ । विनडकको उक्त भेलाले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विन्डहक घोषणापत्र’ जारी गरेको थियो । त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउने निर्णय गरेको हो ।
यस वर्षको विश्व प्रेस स्वतन्त्रता दिवसको मुख्य नारा ‘प्रविधि नियन्त्रित मिडिया’ राखिएको छ ।प्रेसको भूमिका सङ्कुचित हुने अवस्था आउन नदिन विश्वव्यापी रूपमा यो दिवस मनाउन थालिनु प्रेसप्रति विश्वव्यापी प्रतिबद्धतासमेत हो । प्रेस भन्ने वित्तिकै पत्रपत्रिका मात्र सोचमा आउने भए पनि यो आम रुपमा अभिव्यक्तिको समेतको स्वतन्त्रताको रुप हो । मिडिया अर्थात प्रेस मार्फत आम जनतालाई सुसूचित गराउने भएकोले पनि प्रेस स्वतन्त्रताको रुपमा लिएको छ ।
लोकतान्त्रिक मुलुकहरुमा संविधानमा नै पुर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूत गरिएको हुन्छ । त्यस मध्येमा पुर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूत भएको देश नेपाल पनि हो । नेपालको संविधान (२०७२) ले प्रेस पुर्ण रुपमा स्वतन्त्रता हुने उल्लेख छ । साथै यस संविधानले बोल्न लेख्न पाउने कुरालाई मौलिक हकमा समेत उल्लेख गरेको छ । नेपालको सन्दर्भमा संविधानलाई मुल कानुनको रुपमा लिएको छ ।तर बेला संविधानलाई कानुनले घुमाईरहेको पाईन्छ । पछिल्लो समयमा प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने खालको कानुनको मस्यौदा आउँदा संविधानको मर्म विपरीत र यसको बर्खिलाप गरेको आभास हुन्छ । तत्कालीन केपि ओलिको तीन वर्षे कार्यकालमा ल्याएको प्रेस मिडिया ऐन निक्कै विवाद बन्नुमा पुर्ण प्रेस स्वतन्त्रतामाथिको अंकुश हो भन्न सकिन्छ । यसै वर्ष मात्र प्रचण्डको गठबन्धनको सरकारले सामाजिक संजाल टिकटोक बन्द गर्नु पनि एक प्रकारको प्रेस तथा अभिव्यक्तिमाथि अंकुश हो । टिकटोक मार्फत विशेषगरी व्यंग्यात्मक चोटिलो सामग्री राज्य सरकार सहितलाई प्रहार भएपछि यसमाथि प्रतिबन्ध लगाएको हो । तर राज्यले भने अरु कारण देखाएर बन्द गराएको हो ।

२१ औ शताब्दीको मिडिया तत्कालीन अवस्थाको प्रेसको अवस्थामा रहेन । आम संचारको रूपमा यतिबेला फेसबुक,युटुब,वाटएप्स,ट्विटर,टिकटोक जस्ता सामाजिक संजाल भए पछि जमाना प्रविधिमैत्री डिजिटल युगमा प्रवेश भैसकेको छ । प्रविधिसंगै राज्य सरकार र मिडियाहरु पनि त्यहि अनुसार चल्नसक्नुपर्ने समय आएको छ । सायद त्यहि भएर पनि होला यस वर्षको नारा प्रविधि नियन्त्रणत्रीत मिडिया रहेको छ ।
मिडिया र धरान
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाईरहँदा धरानमा आ आफ्नो तरिकाले दिवस मनाए । मुलधार भनिएका नेपाल पत्रकार महासंघ सुनसरी धरानले प्रभातफेरीको आयोजना गरेर मनाए । मुलधार भनिएका मिडियाकर्मी संचारकर्मी प्रायः राजनीतिक दलका भातृसंगठनमा रहेको पाईन्छ ।त्यहि राजनीतिक दलको भातृसंगठनबाट उम्मेदवार बनेर चुनाब भएपछि नेपाल पत्रकार महासंघको प्रतिनिधित्व गरिरहेका छन ।
धरानमा २०७९ सालको स्थानीय चुनावपछि हर्क साङ्पाङको उदयपछि मिडिया दुई समूह देखिए । बिगतदेखि भनिदै आएको प्रेस र त्यसबाट विकसित भएका प्रविधि र प्रेसबाट उत्पादित सामग्री र केहि प्रविधि परिमार्जित सामग्री प्रकाशन प्रशारण हुने मिडिया एकातिर छ भने पछिल्लो विकसित रुपमा रहेको डिजिटल मिडिया अर्थात श्रब्यदृष्य सामग्री प्रशारण र पोर्टल न्युज अनलाइन मिडिया अर्कोतिर छन ।
धरानमा हर्क साङ्पाङ स्वतन्त्र उम्मेदवार मेयरमा निर्वाचिति भएपछि कार्यपालिका बैठकको गतिविधिलाई आम नागरिकसम्म पारदर्शी रूपमा देखाउन भन्दै बैठक कार्यकक्षबाट प्रत्यक्ष प्रशारण गर्न शुरूवात गरेपछि यसले थप दुई समूह बन्न प्रेरित भयो । विषेगरी युटुब चलाउने मिडियाकर्मिहरु हर्क साङ्पाङको कार्यपालिका बैठक प्रत्यक्ष प्रसारणसंगै उनका गतिविधि प्रसारण गर्न लागिपरे । छापा पत्रीका सहित अन्य पोर्टल न्युज अनलाइन मिडिया एकातिर भए । त्यो हुनुमा मै माथि उल्लेखित राजनीतिक दलको भातृसंगठनको गन्ध नै हो ।
यसरी एकपछि अर्को गर्दै हर्क साम्पाङको गतिविधि प्रशारण गर्ने मिडिया देश विदेश हेरिन थाले भए कार्यपालिका बैठक तथा अन्य गतिविधि प्रशारणले जनप्रतिनिधि विवादित बन्दै गएपछि दलिय ट्याग लागेका पत्रकार संचारकर्मी सहितको मिडिया टाढिदै गएपछि थप दुई समुह बन्न अर्को कारण बन्यो ।
युटुब चलाउने सहितको डिजिटल मिडियाकर्मी संचारकर्मी सबै एक हुनको लागि भनेर धरानमा अनलाइन मिडिया एसोसिएसन नेपाल नामक अर्को संस्था खुल्यो । यो सस्था खुल्नुमा समय अनुसारको प्रविधिमैत्री मिडिया अंगाल्नु अनि तत्काल जस्ताको तेस्तै प्रशारण हुनु र नेपाल पत्रकार महासंघमा अटाउन नसकेकाहरुको अर्को समुह बन्यो । हाल उनिहरुलाई युटुबबाट रिभेन्यु आउने भन्दै डलरे,युटुबे भनेर संज्ञा दिदै आएको छ ।
धरानको यसैको उपज पनि ३१ औ विश्व प्रेस स्वतन्त्रता दिवसमा प्रभाव पर्यो । नेपाल पत्रकार महासंघको अगुवाईमा राजनीतिक दल सहितको सहभागीमा धरानमा प्रभातफेरी कार्यक्रम गरियो । यता नयाँ संस्था अनलाइन मिडिया एसोसिएसन नेपालले मेयर हर्क साम्पाङ,उप मेयर आईन्द्र बेघा लगायतक्ल जनप्रतिनिधि सहितको सहभागीतामा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ ।
निष्कर्ष :
पुर्ण प्रेस स्वतन्त्रताको कुरा भैरहँदा कुनै राजनीतिक दलको पक्ष कुनै नेता जनप्रतिनिधिको पक्षमा लागिरहँदा फेरि पनि स्वतन्त्रता खिल्ली उडिने त होइन? समयको माग अनुसार प्रविधिलाई आत्मसात नगर्ने हो भने हिजोको दिनमा प्रेस अर्थात थिचेर निकालिने सूचना सामग्री अहिले पनि अंगालिरहनुपर्ने हो । तर समय प्रविधिले थप सहज भएको छ । ठूला ठूला लगानीको टेलिभिजनमा मात्र प्रशारण हुने श्रव्यदृष्य सामग्री अहिले स्मार्टफोनबाट युटुब मार्फत प्रशारण गर्न सकिने भएको छ । यसले आर्थिक रुपमा ठूलो टेवा मिलेको छ । क्षमता दक्षता अनुसार सजिलै आम रुपमा सूचना प्रभाह भैरहेको छ ।
चाहे पत्रीका निकालेर होस या प्रविधि अनुसार बिना कागजीको सूचना अर्थात श्रव्यदृष्य सामग्री सूचना होस आम नागरिकलाई सुसूचित गराउने नै हो । त्यसैले समय अनुसारको प्रविधिलाइ आत्मसात नगर्दा पक्कै पनि पछि नै परिन्छ होला । धरानमा रहेको दुई कित्तामा प्राविधिक रूपमा रहनु आपत्तिको कुरा भएन । तर एक आपसमा सबैको अस्तित्वलाई सम्मान गरेर अन्तरघुलन भएको खण्डमा यस्ले बेफाइदा भन्दा फाइदा नै हुन्छ । यस वर्षको विश्व प्रेस स्वतन्त्रता दिवसको नारा `प्रविधि नियन्त्रित मिडिया´को सार्थक साकार पार्न अवस्य सकिन्छ ।
Discussion about this post