धनकुटा । धनकुटा जिल्ला साँगुरीगढी गाउँपालिका स्थित आहाले स्वास्थ्य चौकीको लागि एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।
भारतीय राजदुत मार्फत उपलब्ध भएको एम्बुलेन्स राष्ट्रपतिका राजनीतिक सल्लाहकार एबम पुर्व मन्त्री सुनिल थापाबाट हस्तान्तरण गरिएको हो । बुधबार साँगुरीगढी ९ आहालेमा एक कार्यक्रमका बीच स्वास्थ्य चौकिलाई हस्तान्तरण गरिएको हो ।
साँगुरीगढी गाँँउपालिकाका अध्यक्ष जितेन्द्र राईले पालिकाका वडा नम्बर ७,८,९ र १० को लागि पायक पर्नेगरी आहाले स्वास्थ्य चौकीको लागि एम्बुलेन्स माग गरेको बताए । जसका लागि पुर्वमन्त्री सुनिल थापाले थप पहल गरेपछि दूतावास मार्फत एम्बुलेन्स उपलब्ध भएको जानकारी दिए ।
पुर्वमन्त्री थापाले आफु चुनाबकोबेला आहाले आउँदा के चाहिन्छ भन्दा एक स्वरमा एम्बुलेन्स भनेपछि एम्बुलेन्स बिना आहाले नफर्किने बाँचा गरेको बताए । आफू चुनाबमा हारे पनि प्रतिबद्धता पुरा गरेको थापाले बताए ।
थापाले आहालेको लागि एम्बुलेन्स मात्र नभै धनकुटामा थप तीनवटा स्कुलको लागि बसको माग गरेर सिफारिस गरेको बताए । सोहि अनुसार अरुणोदय,गोकुण्डेश्वर सहितको स्कुलले बस प्राप्त गरेको बताए । थापाले एम्बुलेन्स बिरामी बोक्नको लागि दिएको भन्दै यसअघी गाँजा बोकेको भन्दै दुरुपयोग नगर्न पनि सुझाब दिएका थिए ।
अध्यक्ष जितेन्द्र राईले २०८१ को नयाँ वर्ष मनाईरहँदा फोन मार्फत जानकारी दिएपछि सोहि दिन काठमाडौ गएको बताए । अध्यक्ष राईले यसरी दूतावास पुग्दा धनकुटाका अन्य ब्यक्ति समेत त्यहीँ भेट भएको भन्दै धनकुटाका अन्य स्कुलको लागि समेत बस उपलब्ध भएकोले लिन आएको बखत भेट भएको बताए ।
आहालेमा एम्बुलेन्स आएपछि स्वास्थ्य चौकीका इन्चार्ज बलबहादुर राई पनि धेरै खुशी व्यक्त गरे । यस अघि स्टेचर लगायत प्राभेट गाडिमा लानुपर्ने अवस्था रहेकोमा अव एम्बुलेन्स आएपछि त्यसको सुबिधा सबैले लिन पाउने भएको बताए ।
एम्बुलेन्स आएकोमा स्थानीयवासी,राजनीतिक दल शिक्षक,स्वास्थ्यकर्मी सबै खुशी देखिन्थे । आपतकालीन अवस्थामा ब्यक्तिगत गाडि टेम्पो स्टेचर लगायतका साधन प्रयोग गरेर उपचार स्थल लानुपर्ने अवस्था भएकोमा अव त्यसको समाधान भएको बताउँछन ।
एम्बुलेन्स संचालनको लागि सबै स्थानको दररेट समेत निर्धारण गरेको छ । आहाले स्वास्थ्य चौकिबाट धरानसम्मको १ हजार ६ सय कायम गरेको छ । त्यसैगरी बिराटनगरसम्मको लागि ३ हजार ५ सय तोकिएको छ। यस अघि टेम्पो अन्य गाडि लानुपर्दा ५ हजार सम्म लाग्ने गरेको कुरा स्वास्थ्य चौकिका सिनियर अनमि मिना छन्त्याल बताउँछन् । तर धरानको यो दररेट तेल खर्च पनि नभएको बताउँछन् । एम्बुलेन्स आएपछि सर्वसुलभ रुपमा सेवा लिन सकिने भएकोमा खुशी व्यक्त गरे ।
Discussion about this post