इलाम –आज भैरहेको इलाम जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ इलाम नगरपालिका-७ महेन्द्ररत्न बहुमुखी क्याम्पस मतदान केन्द्रमा मुढा राखेको भन्दै प्रहरीले हस्तक्षेप गर्न खोजेपछि विवाद भएको छ ।
स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमको पक्षका प्रतिनिधिले मुढामा बसेको विषयलाई लिएर बिपक्षी दलका समर्थकले किचलो निकालेका थिए । स्वतन्त्रको बुथ प्रतिनिधि सरस्वती सुब्बाले प्रहरीले आफूहरूलाई मुढामा समेत बस्न नदिएको बताइन् । मुढामा बस्दा चिन्ह प्रचार गरेको भन्दै प्रहरी उठाएको गुनासो गरेको छ । मुढाका समर्थकले त्यसो हो भने वरपरका सबै रुख ढाल्न भनेर आवाज उठाएका थिए । सरस्वती सुब्बाले आफूहरूलाई बस्ने ठाउँ समेत नदिएर दलीय उम्मेदवारका प्रतिनिधिले मतदानमा धाँधली गर्न खोजेको भन्दै स्वतन्त्रका प्रतिनिधिहरू आक्रोशित बनेका हुन ।
त्यस अघि दलका कार्यकर्ताले चिट दिएर मतदातालाई मतदान केन्द्रभित्र लगेको भन्दै स्वतन्त्र उम्मेदवारका प्रतिनिधिहरूले आपत्ति जनाएका थिए । प्रमुख जिल्ला अधिकारीलाई नै गुनासो गरेपछि मतदातालाई चिट दिन रोकिएको थियो ।
तर, ‘माथिको आदेश’ भन्दै बुथ सुरक्षामा खटिएका प्रहरीकै सामुन्ने मतदातालाई फेरि चिट दिएर भोट हाल्न लगाएपछि विवाद भएको हो ।
Discussion about this post